नेपाली

फुटबल खेलाडी रुङ च सिङको कथा-३

cri2021-11-01 16:43:15

रुङ च सिङ आकस्मिक रुपमा रोकेर टाउको घुमाउँदै भुईंमा पल्टिरहेका कुवेतका दुई खेलाडीलाई हेर्छन्। उनले बलको वास्ता नगरी पछि फर्केर उनीहरुको अवस्था हेर्दै उठाउन आफ्नो हात दिन्छन्।

“रुङ च सिङ, तिमी के गर्दै छौ!” चिनियाँ प्रशिक्षकले चिन्ता लिँदै यसो भन्दै थिए।

तथापि दर्शक क्षेत्रमा लामो समयसम्म गडगडाहटका साथ ताली बजाइएको कुरा चिनियाँ प्रशिक्षक र खेलाडीहरुले विचार गरेका थिएनन्। प्रतियोगितापछि स्थानीय दर्शकहरुले मैदानमा प्रवेश गरी “११ नम्बर, ११ नम्बर” कराउँदै रुङ च सिङ लगायत चिनियाँ खेलाडीहरुलाई उनीहरु बस्ने होटेलमा पुर्‍याएका थिए।

एउटा स्थानीय सञ्चार माध्यमले आफ्रनो टिप्पणी लेखमा यस्तो लेखेको थियो, “आँधीबेहरी जस्तै तनावपूर्ण प्रतियोगितामा चिनियाँ टोलीको एघार नम्बरका खेलाडीले निर्णायक घडीमा आफ्नो स्वभावलाई नियन्त्रण गरी प्रतियोगितालाई अझ चर्कने अवस्थाबाट जोगाएका छन्। कुवेतका खेलाडीहरुको धेरै पटकको असभ्य आक्रमणमा परेपछि उनले नैतिक छनौट गरेका हुन्।”

सो प्रतियोगितामा चिनियाँ टोलीले अन्त्यमा शुन्यको विरुद्ध तीन गोलले कुवेतलाई पराजित गरेको थियो।

“चीनलाई पुन:उत्थान गरौँ।”

“प्रयास गरौँ।”

सोही साँझ चीनका धेरै शहरका सर्वसाधारणहरू सडकमा उत्रँदै “रुङ च सिङ, रुङ च सिङ” भनेर विजय जुलुस निकालेका थिए।

रुङ च सिङ चिनियाँहरुका बहादूर बनेका थिए।

सन् १९८२ मा सन्यास लिएपछि ३४ वर्ष पुगेका रुङ च सिङले विश्वविद्यालयमा पढ्न थालेका थिए। पछि उनी चिनियाँ फुटबल संघका उपाध्यक्षसमेत बनेका थिए। फुटबल जीवनमा उनले एउटा पनि पहेँलो अथवा रातो कार्डको सजाय पाएनन्। उनलाई विपक्षी खेलाडीले सधैँ उद्दण्ड तरिकामार्फत रोकेका थिए, उनका खुट्टामा धेरै चोटहरू लागेको थियो। तथापि उनले यस्तै व्यवहार देखाएका छैनन्।

यसबारे चर्चा गर्दै रुङ च सिङले यसरी जवाफ दिनुभयो, मैले पनि लात हान्ने हो भने मेरो आफ्नो प्रगति हुँदैन। मैले यसलाई आफूलाई अघि बढाउने शक्ति ठानेको छु। यदी तिमीले मलाई लात हान्न खोज्यौ भने म सकेसम्म तिमीबाट बच्ने कोसिस गर्नेछु र मेरो स्तर उकास्ने छ।

फुटबल मैदानमा रुङ च सिङको यस्तो प्रस्तुती र सद्गुणलाई चिनियाँ फुटबल शौखीनहरुले “च सिङको शैली” भन्दछन्। रुङ च सिङ चिनियाँ फुटबल क्षेत्रका उदाहरणीय खेलाडी हुन्।

रुङ च सिङले भन्छन्, “विपक्षलाई जित्ने सबैभन्दा उत्तम तरिका भनेको आफूले गोल गर्नु हो।”

Close
Messenger Pinterest LinkedIn