नेपाली

#अल्पसंख्यक जाति#ल्हासामा प्राचीन भवन मर्मत गर्ने युवक

cri2021-10-19 09:19:26

चीनको च्याङ सु प्रान्तीय सु चौ शहरमा जन्मेका युवक स्या युच्यून सन् २००६ देखि ल्हासामा बस्दैआएका छन्। उनले बेलायतको बर्मिंघम कला र डिजाइन कलेजबाट स्नातक गरेका हुन्। उनको आँखामा ल्हासा कस्तो छ? किन ल्हासामा काम गर्ने तथा बस्ने निर्णय गरेको हो? आजको कार्यक्रममा म विस्तारै सुनाउँछु।

स्या यूच्यूनले ल्हासा तथा तिब्बती संस्कृतिमा रमेर बस्दा त्यहाँको संस्कृति तथा प्राचीन भवनबारे तीव्र रूपमा बुझ्नसकिने बताए।

“धेरै शब्दहरू तिब्बती भाषाका छन्। यी शब्दहरूको विशेष अर्थ रहेका छन्। मूख्य भूमिको भाषाबाट तिब्बती भाषामा रूपान्तरण गरिएको होइन। अझ राम्ररी बुझ्नका लागि यहाँ जीवन बिताउनुपर्छ। किन ल्हासाका भवनहरूमा कालो र सेतो रङ्ग लगाइएको छ? अथवा किन रातपक्षमा रङ्ग चित्र बनाइएको छ? किनकि यहाँ धेरै समयसम्म घाम लाग्छ। यहाँ गहिरो रूपमा जीवन बिताएर मात्रै बुझ्नसकिन्छ।”

गत जुलाई महिनामा तिब्बतमा प्राचीन भवनबाट रक्षात्मक रूपमा सुधार गरिएको पहिलो संस्कृति तथा कला क्षेत्र “चिबनकाङ कला केन्द्र” ल्हासामा सञ्चालनमा आएको छ। उक्त केन्द्र अवस्थित चिबङकाङलाखाङ पहिला प्राचीन ल्हासा शहरको मुख्य स्थल थियो। स्या यूच्यूनले उक्त परियोजनाको सुधार कार्यमा भाग लिएका थिए।

“चिबनकाङ कला केन्द्रको सुधार क्रममा मैले सबै ठोस विषयमाथि नजर पुर्याएँ। एकातिर सुरक्षामा ध्यान दिनुपर्छ। अर्कोतिर हाम्रो सबै डिजाइनको निर्माणको प्रत्याभूति दिनुपर्छ।”

सन् २०२० अक्टोबरदेखि स्या यूच्यूनले सामाजिक प्लेटफर्ममा तिब्बती शैली भवन, ल्हासाको इतिहासलगायत विषय बाँड्नथालेका छन्। यसबाट अझ बढी पर्यटक तथा युवाहरू ल्हासाको इतिहासबारे जानकारी पाउने, पहाड तथा तालबाहेक तिब्बती संस्कृति तथा सभ्यताबारे जानकारी पाउने उनको विश्वास छ।

“हामीले ल्हासाका कथाहरू युवा तथा यात्रामा यहाँ आएका हरेक पाहुनालाई सुनाउने आशा गरेका छौँ। एक हजार वर्षभन्दा बढीको इतिहास बोकेको यहाँको प्रशस्त लोकप्रिय कथा, कला तथा संस्कृति, सङ्गीतलगायतका बारेमा उनीहरूले पूरा प्राचीन ल्हासा शहरको जानकारी पाउने आशा गरेका छौँ। जसबाट पर्यटकहरूले पर्यटन मात्र नगरी, ल्हासाको परम्परागत भवन संस्कृति, कला संस्कृतिबारे अझ राम्ररी बुझ्नेछन्। साथै अझ बढी सहकर्मीले ल्हासामा प्राचीन भवनको मर्मत, रक्षात्मक पुनर्प्रयोग आदि विषयमा ध्यान दिने आशा पनि गरेका छौँ।”

Close
Messenger Pinterest LinkedIn