फुटबल खेलाडी रुङ च सिङको कथा-१
आजको कार्यक्रम हिन्द महासागरमा यात्रा गरिरहेको एउटा यात्रुवाहक जहाजबाट शुरु गर्दछु। “सरदाना” नामक यस जहाजको गन्तव्य भारतको मुम्बई हो। सन् १९४८ को जुलाई ३० तारिख सरदाना हिन्द महासागरमा ठूलो हावाको बावजुद अघि बढ्दै थियो। त्यस क्रममा सरदाना जहाजलाई विशाल समुद्री लहरले कहिले पहाडको चुचुरोमा पुर्याउँथ्यो त कहिले पहाडको फेदमा खसालेजस्तो हुन्थ्यो।
यसैबीच, कमीज र टाइ लगाएका एक चिनियाँ पुरुष यात्रुवाहक जहाजको सांगुरो पथमा खुच्याङ खुच्याङ गरी जहाजमा रहेको चिकित्सा कोठा जाँदै थिए। “डाक्टर, मेरी श्रीमतीले बच्चा पाउन लागेकी छिन्।” त्यसलगत्तै उक्त चिनियाँ पुरुष चिकित्सा कक्षबाट चिकित्सकलाई लिएर जान्छन्।
दुईजना सिँढीमार्फत् यात्रुवाहक जहाजको मध्य भागमा रहेको कक्षमा पुग्छन्। त्यहँ पर्यटकहरुका लगेज र भाँडाहरु भुईंमा छरिएका थिए। तथापि कक्षमा रहेका मानिसहरु तिनीहरुको वास्ता नगरी फलामबाट बनाइएको खाट समातेर ठूलो लहरसँग युद्ध गरिरहेका थिए। एक चिनियाँ महिला भने आफ्नो खाटमा पल्टिरहेकी थिइन्। उनको अनुहार पसिनाले भिजेको थियो। उनले प्रसव पीडा सहँदै एउटा हातले खाटको छेउ समातिरहेकी थिइन् भने अर्को हातले ठूलो पेट छोइरहेकी थिइन्।
“श्रीमती, तिमीले कठिनाईलाई जित्नु पर्छ।”
“म्याडम, तपाईँले विस्तारै सास लिनुहोस् र फाल्नुहोस्। अनि सक्दो बल गर्नुहोस्।”
एकैछिनपछि बच्चा कराएको आवाजले कक्ष गुण्जयमान हुन्छ।
बेलायती यात्रुवाहक जहाज “सरदाना” मा जन्मिएको बच्चा तीस वर्षपछि चीनका प्रसिद्ध फुटबल खेलाडी बन्ने छन् कसैले सोचेका थिएनन्। यस बच्चाको नाम रुङ च सिङ हो।
समय छिटो बित्दै गयो। दश वर्षपछि कूटनीतिज्ञको रुपमा बुवा रुङले भारतमा कार्यकाल सकाएर आफ्नो परिवारसँग चीनको दक्षिणी भागमा रहेको क्वाङ चौ शहरमा बसोबास थालेका थिए। उनीहरुको बसाइ दूध कारखाना नामक सडकमा थियो। एक दिन केही केटाहरू उक्त साँगुरो सडकलाई ओगटेर फुटबल खेलिरहेका थिए। तिनीहरुमध्ये एक जना कालो वर्णका केटा आकर्षित देखिन्थ्यो। उ अरु केटाभन्दा होचो भए तापनि राम्रो खेल्थ्यो। बल उसको खुट्टामा टाँसेको जस्तै विपक्षका तीन चार जनाले उसलाई रोक्नै सक्दैन्थ्यो। यही सानो केटा नै रुङ च सिङ हो।
स्थानीय खेलकुद विद्यालयका फुटबल प्रशिक्षक लु च्यान चुले उक्त सडकमा हिँड्दैगर्दा ठ्याक्कै यो दृश्य देखेका थिए। सो खेलपछि प्रशिक्षक लुले रुङ च सिङलाई सोधेका थिए, “तिमी हाम्रो खेलकुद विद्यालयमा फुटबल खेल्न मन पराउँछौँ?” “एकदम।” रुङ च सिङले अनुहारमा भएको पसिना पुस्दै भन्छन्। “ठीक छ, दुई दिनपछि हामीकहाँ एउटा प्रतियोगिता हुनेछ, तिमी आऊ।”
प्रशिक्षक लुले भनेको यो प्रतियोगिता वास्तवमा रुङ च सिङका लागि आयोजना गरिएको प्रतियोगिता हो। प्रतियोगितामा दर्शक तथा प्रशिक्षकहरूले रुङ च सिङको खेल कौशल हेर्न पाउँछन्। रुङ च सिङको यस्तो खेल प्रतिभा देखेर प्रशिक्षक लु देखेर धेरै खुसी भइ सोही दिन बेलुका उनले रुङ च सिङका बुवा आमासँग उसलाई खेलकुद विद्यालयमा भर्ना गर्न अनुरोध गर्छन्। यो प्रस्तावलाई उनीहरुले पनि खुसीका साथ स्वीकार गर्दछन्। यसरी दश वर्षीय रुङ च सिङले पेशागत फुटबल तालिम लिन थालेका थिए।