नेपाली

सर्बियाका विशेषज्ञका आँखामा “बेल्ट एण्ड रोड” सबै संलग्न पक्षहरू लाभान्वित

cri2021-10-15 09:44:18

“बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत भएको आठ वर्षयता, चीनले १७२ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग “बेल्ट एण्ड रोड” को साझा निर्माणसम्बन्धी २०० वटा सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेको छ। सर्बियाली अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक अध्ययन प्रतिष्ठानअन्तर्गत “बेल्ट एण्ड रोड” अध्ययन केन्द्रका प्रमुख इभोना लाजेवेकले “बेल्ट एण्ड रोड” प्रस्तावले विश्वका लागि नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गरेको तथा विश्वको आर्थिक पुनरुत्थानका लागि महत्वपूर्ण योगदान दिएको बताउनुभयो। उहाँ भन्नुहुन्छ “नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धले चिनियाँ कम्युनिष्ट पार्टीले सहयोगलाई आधार बनाउने र साझा विजयलाई लक्ष्य बनाउने अवधारणा देखाएको छ। विश्वका विभिन्न मुलुकहरू “बेल्ट एण्ड रोड” बाट लाभान्वित हुनसक्छन्। “बेल्ट एण्ड रोड” द्वारा प्रस्तावित बहुपक्षीयवादले अन्तर्राष्ट्रिय सहकार्यका लागि “चीनको योजना” उपलब्ध गराएको छ, व्यापारिक संरक्षणवाद र एकपक्षीयवादको विरोध गरेको छ। चीनका मौद्रिक संस्थानहरू र चीनद्वारा प्रस्तावित एशियाली पूर्वाधार लगानी बैंकले पनि “बेल्ट एण्ड रोड” का परियोजनाहरूलाई रकम समर्थन दिएको छ, परियोजनाहरू सुचारु रुपमा पूरा गर्न ठूलो योगदान दिएको छ।”

इभोनाकाअनुसार, कोरोना भाइरस महामारीबाट गम्भीर असर परेको अवस्थामा पनि “बेल्ट एण्ड रोड” को निर्माण कठिनाइ पार गरी निरन्तर र स्थिर रुपमा अगाडि बढेको छ। यसले अन्तर्राष्ट्रिय समाजलाई शक्ति र विश्वास दिएको छ। खास गरी चीनले महामारीविरुद्धको लडाइँमा मानव भाग्य समुदायको संयुक्त रुपमा सिर्जना गर्ने “बेल्ट एण्ड रोड” भावना देखाएको छ। उहाँ भन्नुहुन्छ “चीनको महामारी रोकथाम तथा नियन्त्रण उपाय र कदम अरू मुलुकहरूद्वारा सिक्नसकिन्छ। खास गरी चीनले धेरै विकासोन्मुख मुलुकहरूलाई धेरै खोप उपलब्ध गराएको छ। जस्तैभनौं अफ्रिकी गरिब मुलुकहरूले चीनको मद्दत नपाएमा अन्तर्राष्ट्रिय बजारमार्फत यथेष्ठ खोप पाउनसक्दैन्थ्यो। यसबाट “बेल्ट एण्ड रोड” प्रस्तावले मानव भाग्य समुदायको संयुक्त रुपमा निर्माण गर्ने भावना अर्थात् विश्वमा खोपको निष्पक्ष वितरण देखिएको छ।”

सर्बिया चीनसँग चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्ने पहिलो मध्य-पूर्वी यूरोपेली मुलुक हो र “बेल्ट एण्ड रोड” प्रस्तावलाई समर्थन गरेको छ। हालैका वर्षहरूमा चीनले सर्बियासँग “बेल्ट एण्ड रोड” को सहकार्यलाई निरन्तर रुपमा सबल पारेको छ। धेरै चिनियाँ उद्योग-व्यवसायहरू सहभागी भएका ठूला परियोजनाहरू सर्बियामा निर्माण भएका छन्। इभोनाले ती परियोजनाहरू सर्बियाको आर्थिक विकासका लागि निकै महत्पूर्ण अर्थ रहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ

““बेल्ट एण्ड रोड” परियोजनामा संलग्न भएपछि सर्बियाको आधारभूत प्रबन्ध अवस्था सुध्रिएको छ। यातायात संचालनको क्षमता उकासिएको छ। सर्बियाको विकासकालागि “बेल्ट एण्ड रोड” को महत्वपूर्ण अर्थ रहेको छ।”

इभोनाले भन्नुभएअनुसार, “बेल्ट एण्ड रोड” प्रस्तावले आबद्ध मुलुकहरू र क्षेत्रहरूका लागि वस्तुगत हित ल्याएको छ। आठ वर्षको उपलब्धिबाट “बेल्ट एण्ड रोड” विकास नियम अनकूल हुनुका साथै विभिन्न मुलुकको जनताको हितसित अनुकूल भएको प्रतिविम्वित भएको छ। उहाँ भन्नुहुन्छ

“हामीले “बेल्ट एण्ड रोड” प्रस्तावको प्रारुपमा रहेको सहकार्यले हासिल गरेको प्रशस्त उपलब्धि देखौं। “बेल्ट एण्ड रोड” प्रस्ताव विकाससम्बन्धी प्रस्ताव हो। यो प्रारुपमा हामीले अझै धेरै क्षेत्रहरूमा सहकार्य गर्नसक्छौं। “बेल्ट एण्ड रोड” प्रस्तावबाट सबै संलग्न पक्षहरू लाभान्वित भएका छन्।”

Close
Messenger Pinterest LinkedIn