नेपाली

#अल्पसंख्यक जाति# विगत पाँच वर्ष तिब्बती जीडीपीको वृद्धि गति चीनको सरदर स्तरभन्दा बढी

cri2021-10-12 09:50:55

चालु वर्ष तिब्बत शान्तिपूर्ण मुक्त भएको ७०औं वार्षिकोत्सव हो। ७० वर्षयता तिब्बतको विकास ज्यादै ठूलो हुनुका साथ निर्माण उपलब्धि पनि उल्लेखीय छ। विश्व बैंकका भूतपूर्व उपनिर्देशक एवं पैचिङ विश्वविद्यालय नयाँ संरचनात्मक अर्थशास्त्र अनुसन्धान विद्यालयका प्रमुख लीन यिफूले सेप्टेम्बरमा सम्बोधन गर्दै विगत पाँच वर्ष तिब्बती जीडीपीको वृद्धि गति चीनको सरदरभन्दा बढी हुनुका साथै भविष्यमा तिब्बतको अर्थतन्त्रको विकास गति निरन्तर रूपमा चीनको अग्रणी स्थितिमा पर्ने कुरा बताउनुभएको छ। आजको कार्यक्रममा लीन यीफूको सम्बोधनबारे ठोस जानकारी दिन चाहन्छु।

विश्वसँग कुराकानी गर्ने चीन(तिब्बत)--दोस्रो तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चार शैक्षिक गोष्ठी गत सेप्टेम्बर २४ तारिख अनलाइनमा आयोजित भयो। विश्व बैंकका भूतपूर्व उपनिर्देशक एवं पैचिङ विश्वविद्यालय नयाँ संरचनात्मक अर्थशास्त्र अनुसन्धान विद्यालयका प्रमुख लीन यिफूले तिब्बतको पठारभूति विशेषता र विश्वको आर्थिक परिस्थितिबारे विश्लेषण गर्दै तिब्बती पठारभूमि अर्थतन्त्रको विकास प्रेरणा तथा निहित शक्तिबारे छलफल गर्नुभयो। उहाँका अनुसार, तिब्बतको आर्थिक विकासले ठूलो उपलब्धि हासिल गरेको छ। विशेष गरी विगत पाँच वर्षमा तिब्बती जीडीपीको वृद्धि गति चीनको सरदरस्तरभन्दा बढी रहेको छ।

उदाहरणका लागि सन् २०१६ तिब्बतको वर्द्धि गति १०.१ प्रतिशत थियो। साथै चीनको वृद्धि गति ६.८ प्रतिशत थियो। सन् २०१७ तिब्बती वृद्धि गति ११ प्रतिशत रह्यो भने चीनको वृद्धि गति ६.९ प्रतिशत। सन् २०१८ तिब्बतको वृद्धि गति ९.१ प्रतिशत हुनुका साथै चीनको वृद्धि गति ६.७ प्रतिशत थियो। सन् २०१९ मा तिब्बतको बृद्धिदर ८.१ प्रतिशत हुनुका साथै चीनको ६ प्रतिशत रह्यो। सन् २०२० मा तिब्बतको वृद्धि गति ७.८ प्रतिशत थियो भने चीनको वृद्धि गति २.३ प्रतिशत। अंकबाट हेर्दा विगत पाँच वर्षमा प्रत्यक वर्षमा तिब्बतले चीनको वृद्धि गतिभन्दा २-५.५ प्रतिशतले बढी रहेको छ।

पहिला तिब्बत चीनमा गरिब दर सबैभन्दा बढी, गरिब स्तर सबैभन्दा गहिरो र गरिबी निवारण गर्न सबैभन्दा गाह्रो क्षेत्रहरूमध्येको एक थियो। तिब्बतको शान्तिपूर्ण मुक्त भएको ७० वर्षमा केन्द्रीय सरकारले तिब्बतका लागि धेरै विशेष सुविधा नीतिको तर्जुमा गरेको छ। त्यसमा वित्त, कर तथा बैकिङ, आधारभूत प्रबन्ध, उद्योगको विकास, शिक्षा तथा स्वास्थ्य, संस्कृतिको सुरक्षा, पर्यावरणीय सभ्यता आदि विषय समेटिएका छन्। पठारभूमिको विशेषतायुक्त संस्कृति श्रोत तथा पर्यावरणीय श्रोतको संरक्षण गर्नुका साथै तिब्बतको पठारभूमि विशेषतायुक्त कृषि तथा पशुपालन, पर्यटन तथा संस्कृति, हरित उद्योगलगायत ग्रामीण विकास व्यवसायहरूको पनि राम्ररी विकास गरेको छ। त्यसबारे लीन यीफूले यसरी भन्नुभयो

तिब्बतको प्राकृतिक अवस्था गम्भीर हुनुका साथै आधार पनि गम्जोर छ। सुधार तथा खुलापनदेखि चीनको द्रुत विकासको आधारमा, केन्द्र तथा अरू क्षेत्रको सहयोगमार्फत् आफ्नो श्रेष्ठताको विकास गरेर गरिबको उन्मूलन गरेको छ। चीनक आम्दानी स्तर अझ उकास्नुका साथसाथै पर्यटनसम्बन्धी चाहना तिव्रगतिमा बढ्नेछ। यो भविष्यमा तिब्बती अर्थतन्त्रको विकासमा एउटा महत्वपूर्ण श्रोत हो। साथै तिब्बतको विशेषतायुक्त कृषि तथ पशुपालन श्रोतको चाहनामा पनि अझ तिव्र बढ्नेछ।

तिब्बतको आगामी विकासबारे संसारको तेस्रो ध्रुव मानिएको विशेषतायुक्त उद्योगको विकासमा तिब्बतको निहित शक्ति ज्यादै ठूलो भएर निरन्तर रूपमा चीनको अग्रणी स्थितिमा पर्ने होला भन्ने कुरा लीनन यीफूले प्रकट गर्नुभयो।

सन् २०३५ मा चीन मध्यम विकसित आय स्तरीय देश बनेको बेलामा तिब्बतको आम्दानी मध्यम-विकसित स्तर पुग्ने विश्वास गर्छु। यो शताब्दीको मध्य कालसम्म तिब्बतको आर्थिक विकास गति निरन्तर रूपमा चीनको अग्रणी स्थितिमा पर्ने सम्भावना छ। तिब्बतको आम्दानी स्तर पूरै यूरत्रपको सरदर स्तरभन्दा अझ राम्रो हुने सम्भावना छ।

Close
Messenger Pinterest LinkedIn