नेपाली

इटालीका वित्त विशेषज्ञका आँखामा चीन र इटालीबीच “बेल्ट एण्ड रोड” सहयोगाको ठूलो निहित शक्ति

cri2021-10-08 09:21:26

सन् २०१९ मार्चमा इटालीले चीनसँग “बेल्ट एण्ड रोड”को साझा निर्माणसम्बन्धी सहयोगात्मक समझदारीमा हस्ताक्षर गरेको थियो। इटाली “बेल्ट एण्ड रोड” प्रस्तावमा संलग्न भएको पहिलो पश्चिमी मुलुक बनेको थियो। दुई मुलुकले आधारभूत प्रबन्ध, चिकित्सा क्षेत्रको “बेल्ट एण्ड रोड” सहकार्यले सकारात्मक प्रगति हासिल गरेको छ। इटालीका बित्तीय विशेषज्ञ, बान्का फुसिनो बैंकअन्तर्गत प्रचार-प्रसार तथा रणनीतिक बिक्री विभागका प्रमुख भ्लादिमिरो ग्याचेले “बेल्ट एण्ड रोड” प्रस्तावले इटाली र चीनका लागि सहयोगको ठूलो निहित शक्ति ल्याएको कुरा बताउनुभयो।

ग्याचेले पहिले इटालीको थिङ्क ट्याङ्क “यूरोप अध्ययन केन्द्र”मा अध्यक्ष पद सम्हाल्नुभएको थियो। “बेल्ट एण्ड रोड” प्रस्तुत भएयता उहाँले उक्त प्रस्तावमाथि ध्यान दिनुभएको छ र सम्बन्धित अनुसन्धान गर्नुभएको छ। उहाँ भन्नुहुन्छ “बेल्ट एण्ड रोड प्रस्ताव हालैका वर्षहरूयता सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रस्ताव हो। कोरोना भाइरस महामारी फैलिनुअघि आर्थिक ह्रासको सामना गर्ने एक मात्रै उपाय थियो। हामीले बेल्ट एण्ड रोडले सम्बन्धित मुलुकहरूबीचको आर्थिक तथा व्यापारिक सम्बन्धको कसरी सुधार गरेको विषयसम्बन्धी अनुसन्धान गरेका थियौं।”

सन् २०१९को अन्त्यमा चीनले लगानी गरेको इटालीको पहिलो अर्ध स्वचालित कन्टेनर टर्मिनलको प्रयोग भाडो बन्दरगाहमा आएको थियो। ग्याचेकाअनुसार, इटालीको राम्रो भौगोलिक स्थान छ। त्यसैले इटालीले “बेल्ट एण्ड रोड”बाट ल्याइएको मौका छोपेर अरू मुलुकहरूसितको व्यापारिक आवत-जावतलाई बढाउनसक्छ। उहाँ भन्नुहुन्छ “बेल्ट एण्ड रोड लगानीको आधारमा प्रस्तुत गरिएको हो। खास गरी आधारभूत प्रबन्ध क्षेत्रमा। बेल्ट एण्ड रोड प्रस्तावले आधारभूत प्रबन्धमार्फत विकासको कठिनाइको समाधान गर्नसक्छ। बेल्ट एण्ड रोड प्रस्तावले अन्तर्राष्ट्रिय व्यापारलाई बढाउनसक्छ। यो इटालीका लागि महत्वपूर्ण छ।”

ग्याचेले भन्नुभएअनुसार, इटालीका धेरै मध्य तथा स-साना उद्योग-व्यवसाय छन्। चीनले सिर्जनशीलतायुक्त उद्योग-व्यवसायलाई रकमको समर्थन दिन्छ, बेल्ट एण्ड रोड आबद्ध मुलुकहरूको सेवा व्यवसायको विकासका लागि समर्थन दिने कदम चाल्छ। यसले इटाली र चीनले “बेल्ट एण्ड रोड”को संयुक्त रुपमा निर्माण गर्नका लागि नयाँ मौका उपलब्ध गराउने छ।

कोरोना भाइरस महामारीपछि इटाली र चीन यी दुबै मुलुकका जनताहरूले एक अर्कालाई समर्थन दिएका थिए। इटालीले पहिलो समयमा चीनलाई मास्कआदि मेडिकल सामग्री प्रदान गरेको थियो। चीनले इटालीको महामारी सबैभन्दा गम्भीर भएको बेलामा तीन खेपका चिकित्सा विशेषज्ञ टोली इटालीतर्फ पठाएको, महामारी बिरुद्ध अनुभव र उपचार अनुभव बाँडेको थियो। ग्याचेले इटाली र चीन यी दुबै मुलुकले “स्वास्थ्य रेशमी मार्ग”को दिशातर्फ “बेल्ट एण्ड रोड”को सहकार्य निरन्तर रुपमा सबल पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ “स्वास्थ्य क्षेत्रको सहकार्य निकै महत्वपूर्ण छ। फरक सभ्यताको मुलुकका लागि “बेल्ट एण्ड रोड” वार्ता हो र साझा विकास हो। प्राचीन कालमा भएको कुरा आज साकार हुनसक्ने छ।”

Close
Messenger Pinterest LinkedIn