नेपाली

#अल्पसंख्यक जाति# संसारको छानो मानिने ठाउँको सुखद जीवन-1

cri2021-09-28 09:36:27

पृथ्वीको तेस्रो पोल मानिएको छिङहाई-तिब्बत पठारभूमिलाई स्वर्गसँग तुलना गरिन्छ। स्वच्छ, सफा सँगसँगै रहस्यमय लाग्ने यस क्षेत्रमा पहिला गम्भीर प्राकृतिक वातावरण र कमजोर यातायात प्रबन्धका कारण स्थानीय बासिन्दाको जीवन यापनमा ज्यादै कठिनाइ थियो। केही वर्षयता तिब्बतमा अर्थतन्त्रको द्रुत गतिले विकास हुनुका साथै शिक्षा, चिकित्सा, वातावरण संरक्षण आदि क्षेत्रमा व्यापक सुधार हुँदैआएको छ। तिब्बती सर्वसाधारणको जीवनमा ठूलो परिवर्तन भएको छ। निरन्तर रूपमा केही वर्षदेखि ल्हासा शहर चीनमा सुखमय सूचकाङ्कमा सबैभन्दा अगाडि रहेको मूल्याङ्कन गरिएको छ। हामी सँगसँगै संसारको छानो मानिने तिब्बतको सुखद जीवनको अनुभव गरौँ।

“सडकको निर्माणपछि पर्यटन उद्योगको विकास हुनुका साथै आम्दानीमा वृद्धि भयो। यो सुख हो।”

कसाङ यिसी ल्हासो याङट्रोयुङ ताल पर्यटकीय क्षेत्रनजिकैको एउटा रेस्टराँका प्रबन्धक हुन्। सन् २०१८ मा उनले जागिर छोडी साथीहरूसँग मिलेर उक्त रेस्टराँ खोलेका थिए। तिब्बतमा यातायात तथा पर्यटनको ठूलो विकासका साथै रेलमार्ग, विमानस्थल र राजमार्ग घरसम्म पुग्ने गरी निर्माण गरिएको छ। जसबाट कसाङ यीसीको रेस्टुराँमा धेरैभन्दा धेरै ग्राहकहरूको पहुँच पुगेको छ। उनको व्यापार पनि फस्टाउँदैगएको छ।

“पहिला यातायात राम्रो थिएन। सडकका साथै बिजुलीको सञ्चालन पनि राम्रो थिएन। खानपान र बसाइमा पनि असुविधा थियो। केही वर्षअघि याङट्रोयुङ ताल नजिकै हाम्रो रेस्टराँ एउटा मात्रै थियो।” कसाङ यीसीले भने।

तर हाल फरक छ। विभिन्न क्षेत्रबाट पर्यटकहरू आएका छन्। विशेष गरी हरेक वर्षको व्यस्त सिजनमा प्रत्येक दिन रेस्टराँमा खाना खाने पर्यटकको संख्या एक-दुई सय पुगेको छ। हरेक महिना कसाङको आम्दानी सरदर दश–बीस हजार युआन पुगेको छ।

वाङच्यू ल्हासाको लालु सिमसारमा १४ वर्ष अघिदेखि कार्यरत् छन्। हरेक दिन उनी सिमसारमा सफाइ कार्यमा संलग्न रहनुका साथै गश्ती पनि गर्छन्। हरेक दिन रमाइलो सडकबाट शान्तिपूर्ण जंगल पुगेर हरिया दृश्यहरू हेर्छन्।

सन् २०१९ देखि सिमसारको गश्ती मार्ग सर्वसाधारणका लागि निःशुल्क रूपमा खुला गरिएको छ। विभिन्न जातीय सर्वसाधारणले त्यहाँ घुमेर स्वच्छ तथा ताजा हावा लिन पाएका छन्। वाङच्यूले गौरवका साथ भन्छन्-

“यहाँको वातावरण राम्रो हुँदैगएको छ र सर्वसाधारणहरू यहाँ हरियाली दृश्यसँग रमाएको देख्दा आफ्नो काम देखेर गौरव र सुखद लागेको छ।”

Close
Messenger Pinterest LinkedIn