नेपाली

चीनमा अध्ययनरत म्यान्मारका विद्यार्थीको आँखामा चीनको सम्पन्न जीवन

cri2021-09-17 09:17:33

चीनको क्वाङ सी चिकित्सा विश्वविद्यालयमा अध्ययन गरिरहेका म्यान्मारका विद्यार्थी काङ म्याट क्वाइ विगत दश वर्षदेखि चीनमा बस्दैआएका छन्।

डाक्टर काङ, तपाईँको काम सक्यो कि?

हजुर, सक्यो। भर्खेरै विरामीको शल्यक्रिया गरेँ।

बिहानदेखि तपाईँले कति वटा शल्यक्रिया गर्नुभएको छ?

मैले बिहानदेखि जम्मा पाँच वटा प्लास्टिक शल्यक्रिया गरेँ।

हाल काङ म्याट क्वाइ नान निंगस्थित क्वाङ सी चिकित्सा विश्वविद्यालयमा स्नातकोत्तर पढ्दैछन्। साथै उनले विश्वविद्यालयको सम्बद्ध अस्पतालमा चिकित्सा सेवासम्बन्धित् काम पनि सिक्दैछन्। सानो उमेरमा डाक्टर बन्ने उनको सपना थियो। उनले पाएको मौकाको सदुपयोग गर्दै चिकित्सा शास्त्र अध्ययन गर्न चीन आए। र उनले चीनमा प्लास्टिक सर्जरी विषय छनौट गरे। तर उनका बुबाआमाको विचारमा डाक्टरको काम विरामीको उपचार गर्नु हो। तर काङ म्याट क्वाइको आफ्नो विचार छ। उनी भन्छन् “वास्तवमा उनीहरूलाई प्लास्टिक शल्यक्रियाबारे धेरै जानकारी छैनन्। हामीले विरामीको रोगको उपचार गर्नुका साथै विरामीको मनोवैज्ञानिक समस्याहरुको समाधान गर्नसक्छौँ। केही विरामीहरूमा आफ्नो अनुहारका कारण आत्मविश्वास छैन। उनीहरू बाहिर निस्कने आँट गर्दैनन्, केही मित्रता गाँस्न असहज मान्छन्। हामीले उनीहरूको मुहारलाई राम्रो बनाउन मद्दत गरेपछि उनीहरूको त्यो मनोवैज्ञानिक समस्या हराएको छ। त्यसैले मेरो विचारमा प्लास्टिक सर्जन बन्नु राम्रो छ।”

चिकित्सा क्षेत्रका विदेशी विद्यार्थीको हैसियतमा काङ म्याट क्वाइले चीनको चिकित्सा कार्यको विकासमा पनि ध्यान दिन्छन्। चीनको शहर र ग्रामीण क्षेत्रलाई ढाकिएको आधारभूत चिकित्सा प्रत्याभूति प्रणालीले उनको मनमा गहिरो छाप परेको छ। उनी भन्छन् “चिकित्सा बिमा आधारभूत रुपमा चीनको प्रायर क्षेत्र र खास गरी सूदूर पहाडी क्षेत्रका किसानसम्ममा ढाकिएको छ। चिकित्सा बिमामा चीन सरकारद्वारा भत्ता दिइने गरिन्छ। ग्रामीण क्षेत्रमा ग्रामीण क्षेत्रीय सहयोगात्मक चिकित्सा बिमा छ। हरेक मानिसले डाक्टर देखाउने मौका पाउनसक्छ। गम्भीर रोगका लागि सहायता प्रणालीले डाक्टर देखाउने अप्ठ्यारो समस्याको समाधान गर्नुका साथै रोगका कारण पुनःगरिबीमा फर्कने अवस्था उत्पन्न हुने छैन।”

चीन बसाइ क्रममा काङ म्याट क्वाइले हरेक वर्ष चीनको विभिन्न क्षेत्रको घुमघाम गर्ने गरेका छन्। क्वाङ सीबाहेक, उनी पैचिङ, शांगहाई, क्वाङ तोङ, हु नान, निङ स्याको भ्रमण गरिसकेका छन्। हाल क्वाङ सीको सदरमुकाम नान निङ शहरमा पनि द्रुत गतिको रेल, भूमिगत रेल संचालन भएको छ। मोबाइल भुक्तानी पनि लोकप्रिय बनेको छ। नान निङ बसाइ आनन्दमयी छ। उनी भन्छन् “म यहाँ धेरै समयदेखि बस्दैआएको छु। स्थानीय वासिन्दाको जीवन आनन्दमयी छ। आधारभूत प्रबन्ध राम्रो छ। शहरीय वातावरण पनि राम्रो छ।”

आगामी वर्ष काङ म्याट क्वाइ मास्टर डिग्री उत्तीर्ण हुने छन्। उनले निरन्तर रुपमा चीनमा अध्ययन गर्ने आशा राखेका छन्। उनले डाक्टर अध्ययनकालागि निवेदन दिने छन्। उनी भन्छन् “मेरो विचार के हो भने चीनमा निरन्तर रुपमा पढ्ने तथा सिक्ने छु। मौका मिलेमा दुई मुलुकको चिकित्सा क्षेत्रको सहकार्यसम्बन्धी काम गर्ने आशा छ। साथै मैले सांस्कृतिक आदान-प्रदानसम्बन्धी पनि काम गर्ने योजना बनाएको छु।”

Close
Messenger Pinterest LinkedIn