नेपाली

“शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत खोज्ने” कार्यक्रमको पुरस्कार वितरण समारोह पैचिङमा आयोजित

cri2021-09-14 10:22:29

चालु वर्ष शाङहाई सहयोग संगठन स्थापनाको २० औं वार्षिकोत्सव हो। “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत खोज्ने” शीर्षक कार्यक्रमको पुरस्कार वितरण समारोह सेप्टेम्बर १३ तारिख पैचिङस्थित सोङ छिङलिङको पुरानो आबास भवनमा आयोजना गरिएको छ। भारत, नेपाल, इरान, कम्बोडिया र पाकिस्तान लगायत १६ वटा मुलुकका १८ जना किशोर किशोरीलाई “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत” को रूपमा छनौट गरिएको छ।

“शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत खोज्ने” कार्यक्रम चाइना सोङ छिङलिङ कोष, शाङहाई सहयोग संगठन अन्तर्गत असल छिमेकीपन मैत्रीपूर्ण सहयोग परिषद् र चीनको अन्तर्राष्ट्रिय युवा आदान प्रदान केन्द्रको संयुक्त तत्वावधानमा आयोजना गरिएको हो।

इन्टरनेटमा आयोजित मतदानको नतिजाको आधार तथा विभिन्न विशेषज्ञहरूबाट मुख्य विषय, कथा, स्वरूपको विशेषता, भाषा अभिव्यक्ति, भिडियोको गुणस्तर आदि पक्षबाट मूल्याङ्कन गरी अन्त्यमा १६ वटा मुलुकका १८ जना किशोर किशोरीलाई छनौट गरिएको हो।

उक्त पुरस्कार वितरण समारोहलाई अनलाईनमार्फत् प्रत्यक्ष प्रसारण पनि गरिएको थियो। रूस, कजाकस्तानका लागि चिनियाँ राजदूताबास, उज्वेकिस्तानको लोक कूटनीतिक केन्द्र र नेपाल चाइना संस्कृति केन्द्र आदि संस्थाका प्रतिनिधिहरू अनलाईनबाट पुरस्कार वितरण समारोहमा सहभागी थिए।

Close
Messenger Pinterest LinkedIn