नेपाली

१६ वटा मुलुकका १८ जना किशोर किशोरी “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत” निर्वाचित

cri2021-09-13 15:19:33

सेप्टेम्बर ६ तारिख “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत खोज्ने” शीर्षकको गतिविधि सम्बन्धी विशेषज्ञको अन्तिम निर्णय सम्मेलन पैचिङमा आयोजना गरिएको छ। भारत, नेपाल, इरान, कम्बोडिया र पाकिस्तान लगायत १६ वटा मुलुकका १८ जना किशोर किशोरीलाई “शाङहाई सहयोग संगठनका साना सांस्कृतिक दूत” को रूपमा निर्वाचित गरिएको छ।

इन्टरनेटमा आयोजित मतदानको नतिजाको आधार तथा विभिन्न विशेषज्ञहरूबाट मुख्य विषय, कथा, स्वरूपको विशेषता, भाषा अभिव्यक्ति, भिडियोको गुणस्तर आदि पक्षबाट मूल्याङ्कन गरी अन्त्यमा १६ वटा मुलुकका १८ जना किशोर किशोरीलाई छनौट गरिएको हो। १८ जनाको नामावलीमा नेपालकी उमा रेग्मी, भारतकी देवोर्शमी नाथ र श्रीलंकाकी थेनुमी पनि समावेश छन्।

Close
Messenger Pinterest LinkedIn