नेपाली

अझै राम्रो संसारको निर्माणका लागि चिनियाँ शक्ति दिने

cri2021-08-26 09:59:42

सन् २०१२ देखि २०१७ सम्म, नेपालको खाद्य आवश्यकता अपुग भएकोले हरेक वर्ष भारत आदि मुलुकबाट ७० करोड किलो चामल नेपालले आयात गर्नुपर्दछ। सन् २०१६ मा चीनले नेपाललाई कृषि प्राविधिक परियोजनाको सहयोग थालेको थियो, पहिलो परियोजना युआन लौङ फिङको अध्ययन टोलीले कार्यान्वयन गरेको थियो। सन् २०१६ र सन्२०१७ चीनबाट ६७किसिमका वर्णशंकर धान आयात गर्यो। सन्२०१८ नेपालका ५ वटा प्रदेशमा ३०० हेक्टर चिनियाँ वर्णशंकर धान रोपिएर उत्पादन मात्रा ४० प्रतिशतदेखि १०० प्रतिशत वृद्धि भयो। नेपाल हिमालयखबरमा यसरी रिपोर्ट गरिएको छःयुआन लौङ फिङले अध्ययन गरेको वर्णशंकर धान अरू धानसँग अतुलनीय रहेको छ। यसले अविकसित मुलुकका जनतालाई हित कल्याण पुर्याएको छ।

नेपाललाई उत्कृष्ट चामल बोट पुर्याएका‘वर्णशंकर धानका पिता’मानिएका युआन लौङ फिङ मे २२ तारिख ९१ वर्षको उमेरमा देह त्याग गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उच्च ध्यान दिएर श्रद्धान्जली व्यक्त गरेका छन्। अमेरिकी ब्लूमबर्ग समाचारको युआनलाई “चीनको खाद्य सुरक्षाको प्रत्याभूत गर्ने वैज्ञानिक” भनेर उल्लेख गरेको छ। बेलायती स्वतन्त्र अखवारमा“युआनको वर्णशंकर धानले सारा विश्वका जनतालाई खुवाएको” भन्दै प्रशंसा गरिएको छ। नेपाली कृषि वैज्ञानिक अधिकारीले नेपाली पत्रकारलाई अन्तर्वार्ता दिंदै युआन चीनका वैज्ञानिक मात्र नभई विश्वका वैज्ञानकि हुन् भनेर युआनको योगदान विशाल भएर उनले अध्ययन गरेको वर्णशंकर धानले विश्वमा निरन्तर वृद्धि भैरहेको खाने मुखलाई खुवाउनुका साथै नेपाल र विश्वका अरू मुलुकको लागि महान उपलब्धी पस्किएको बताउनुभयो।

चालू वर्षको शरद ऋतुमा नेपाली किसान चिटलीले आफ्नो फसल धान देख्ने बेलामा उनलाई उत्कृष्ट बिउ ल्याउने महान वैज्ञानिकको मृत्यु भएको थाहा नहोला। तर युआन लुङ फिङका उत्तराधिकारीहरूले उहाँको आशाबमोजिम विश्वका लागि आफ्नो योगदान दिने छन्।

संसार सबैजनाको स्वामित्व हो। अन्नबालीको उत्पादन, जलवायु शासन, विश्वको महामारी विरुद्धको सहयोगदेखि विश्व शासनसम्म चीन मानव भाग्य समुदायको निर्माणमा अडिग छ। चीनले एकेक चिनियाँ बुद्धि र चिनियाँ योजनामार्फत विश्वका कठिन समस्याका लागि समाधान योजना ल्याएको छ। चीनले विश्वको विभिन्न मुलुकको साझेदार बन्ने र अझै राम्रो संसारको निर्माणका लागि चिनियाँ शक्ति दिने आशा लिएको छ।

Close
Messenger Pinterest LinkedIn