नेपाली

सिन्च्याङको हथ्येन प्राविधिक कलेज

cri2021-07-16 09:47:37

चीनको सिन्च्याङ हथ्येनमा ४५ वर्षको इतिहास रहेको व्यावसायिक विद्यालय अर्थात् हथ्येन प्राविधिक कलेज छ। यो कलेज राष्ट्र स्तरीय र स्वायत्त प्रदेश स्तरीय प्राविधिक विद्यालय हो र हथ्येन क्षेत्रको सबैभन्दा ठूलो परिमाणको प्राविधिक तालिम आधार क्षेत्र पनि हो। यो विद्यालयमा हाल २३८ जना शिक्षक शिक्षिका र ४२०० जना विद्यार्थी छन्। यो विद्यालयमा मोटर गाडी ईन्जिनियरिंग, निर्माण ईन्जिनियरिंग, इलेक्ट्रोमेकानिकल ईन्जिनियरिंग, सञ्चार प्रविधि, रेस्टुरेन्ट सेवा, बुनाई प्रविधि गरी छ वटा विषय अध्ययन हुन्छ। यो विद्यालयबाट स्नातक भएकाहरूको रोजगारी दर ९१प्रतिशतभन्दा बढी छ।

मोटर गाडी ईन्जिनियरिंग प्रयोगशालामा सिन्च्याङलाई सहायता दिन गएका पैचिङ सार्वजनिक यातायात उच्च स्तरीय प्राविधिक विद्यालयका शिक्षक फै व्हाई पाउले नयाँ ऊर्जा स्रोत मोटर गाडीको जाँचबुझ र मर्मत विषयका विद्यार्थीहरूलाई वास्तविक अपरेशन गर्न निर्देशन दिँदैछन्। शिक्षक फैकाअनुसार, हाल चीनले प्राविधिक दक्ष व्यक्तिलाई तालिम दिन उच्च महत्व दिन्छ। सिन्च्याङमा शिक्षकशिक्षिका, प्रशिक्षण उपकरण, प्रशिक्षण वातावरण चीनका अरु प्रान्तहरूजस्तै समान छ। केही प्रबन्ध अझै अत्याधुनिक छ। फै व्हाई पाउ भन्छन् “म गत वर्ष यहाँ आएको हुँ। स्थानीय विद्यार्थीहरूको जीवन अवस्था, पढाई अवस्था मेरो अनुमानभन्दा राम्रो छ। यहाँको उपकरण पनि मेरो अनुमानभन्दा राम्रो छ। पैचिङ र थ्येनचिन लगायतका धेरै प्रान्तहरूले सिन्च्याङलाई सहायता दिन यहाँ आए, त्यसैले यहाँको उपकरण अरु प्रान्तहरूको भन्दा त्यति ठूलो भिन्नता छैन।”

मोटर गाडी ईन्जिनियरिंग विभागका जिम्मेवार व्यक्ति युसुनजेन युसुपले भने, हाल हथ्येन क्षेत्रमा मोटर गाडी ईन्जिनियरिंग विषयबाट स्नातक भएकाहरूको रोजगार अवस्था निकै राम्रो छ। उनी भन्छन् “हाम्रो विद्यालयबाट स्नातक भएका विद्यार्थीहरूको रोजगार दर ९९ प्रतिशतभन्दा कम छैन। हाल हाम्रो दुई वटा कक्षा छन्। मोटर गाडी बिक्री सेवा फोएस कम्पनी, मोटर गाडीको मर्मत कारखानाले हाम्रो विद्यालयबाट प्राविधिक भित्र्याउने आशा लिएका छन्। हाल हथ्येन क्षेत्रमा मोटर गाडी ईन्जिनियरिंगका विद्यार्थी रोजगार बजारमा आपूर्तिभन्दा माग बढी छ।”

सीमावर्ती गरिब क्षेत्रका युवयुवतीका लागि प्राविधिक विद्यालयमा पढ्नुले परिवारको बोझ कटौती गर्नसक्छ। युसुनजेन युसुपकाअनुसार, उनीहरूको विद्यालयमा पढ्ने विद्यार्थीले हरेक वर्षमा दुई हजार चिनियाँ युआन जीवन भत्ता पाउनसक्छन्। यसबाहेक, “यू लू योजना”मा सहभागी गरिब परिवारका विद्यार्थीले हरेक वर्ष अरु तीन हजार चिनियाँ युआन भत्ता पाउनसक्छन्। युसुनजेन युसुप भन्छन् “विद्यार्थीले हाम्रो विद्यालयमा पढ्ने हो भने परिवारका लागि ठूलो आर्थिक दबाव कम हुन्छ। हाम्रो विद्यालयबाट स्नातक भएका केही विद्यार्थीहरु‌ले मोटर गाडीको मर्मत कारखानामा काम गरेर मासिक बीस हजार चिनियाँ युआनसम्म कमाउन सक्छन्।”

नयाँ ऊर्जा स्रोत मोटर गाडीको जाँचबुझ र मर्मत विषय पढिरहेका अब्दुवेली अब्दुराजाकले कलेजबाट स्नातक भएपछि स्वरोजगार बन्ने योजना बनाए। उनी भन्छन् “प्रविधि जानेपछि आफ्नै मोटरगाडी मर्मत पसल खोल्ने इच्छा छ। मैले मोटर गाडीको मर्मत व्यवसायका लागि योगदान दिनुका साथै परिवारको जीवन स्तरलाई माथि उकास्ने आशा लिएको छु।”

सिन्च्याङको व्यावसायिक शिक्षाले अल्पसंख्यक जातिका युवायुवतीलाई सफलतातर्फ लम्किने ढोका खोलेको छ र अल्पसंख्यक जातीय क्षेत्रको आर्थिक विकासका लागि दक्ष व्यक्ति र प्राविधिक टेवा उपलब्ध गराएको छ।

Close
Messenger Pinterest LinkedIn