नेपाली

#अल्पसंख्यक जाति# तिब्बतमा छजना विदेशीहरूको पहिलो अनुभव

cri2021-07-13 14:45:04

चालू वर्ष तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औं वार्षिकोत्सव हो। यसै अवसर पारेर हालसालै चाइना मिडिया ग्रुपका छ जना विदेशी पत्रकारले ल्हासाको भ्रमण गरेका छन्। हाम्रो विभागका अजय अलौकिकबाहेक अरू पाँचजनाले भने पहिलो पटक तिब्बतको यात्रा गरेका हुन्। तिब्बतमा उनीहरूले आफ्नो जीवनमा धेरै कुरा "पहिलोपटक" अनुभव गरेका छन्।

भारतीय विभागका पत्रकार अखिलले तिब्बतको यात्राले एउटा सपना पूरा भएको जस्तै लागेको बताए-

“ल्हासाको निलो आकाश र सेतो बादलले मलाई आकर्षित गरेको छ। तर यहाँ गगनचुम्बी भवन र ठूला शपिंग मल्लदेख्दा मलाई छक्क पनि लाग्यो। ल्हासा यति विकसित र आधुनिक छ भन्ने मैले सोचेको थिइँन।”

सन् २०११ मा तिब्बती बुद्ध शास्त्र विद्यालय सञ्चालन भएदेखि सो विद्यालयमा आउने अखिल पहिलो भारती हुन्। बुद्ध धर्मका पाँच पन्थीका भिक्षुहरू ल्हासा शहरीय छुनश्वी जिल्लास्थित तिब्बती बुद्ध शास्त्र विद्यालयमा भेला भएका छन्। हाल नौ सय जना विद्यार्थीहरू त्यहाँ पढ्दैछन्।

बाल्य अवतारी कक्षामा पत्रकार अखिलले अङ्ग्रेजी र चिनियाँ भाषाबाट ८ जना बाल अवतारीहरूसँग गफ गरेका छन्। प्राप्त जानकारीअनुसार, सन् २०१५ देखि तिब्बती बुद्ध शास्त्र विद्यालयले बाल्य अवतारी कक्षा सुरू गरेर १६ वर्षभन्दा कम अवतारीहरूलाई नौ वर्षको निःशुल्क शिक्षा र परम्परागत धार्मिक शिक्षा दिँदैआएको छ। यी बाल्य अवतारीहरूले चिनियाँ सामान्य भाषा, गणित, अंग्रेजी आदि विषय सिक्छन्।

अखिलले भारतमा बस्ने आफ्नो परिवारका लागि बाल्य अवतारी कक्षाका अंग्रेजी शिक्षक पालो अवतारीसँग शुभकामना भिडियो रेकर्ड गर्न अनुरोध पनि गर्नुभएको छ।

तिब्बतको भ्रमणमा पाकिस्तानी शाहिदले पहिलोपटक याक देखेका छन्। उनले ५०००मिटरको उचाइमा स्पा गर्नुका साथै ७०० पृष्ठको पहिलो तिब्बती प्रसार सामग्रीलाई उर्दू भाषामा अनुवाद पनि गरेका छन्।

उनको भनाइ अनुसार, सबैभन्दा गहिरो छाप ल्हासास्थित मस्जिदमा प्रार्थना गर्नु र पाकिस्तानी साथीका लागि प्रत्यक्ष प्रसारण गर्नु हो।

“तिब्बतमा यस्तो ठूलो मस्जिद होला भनेर मैले सोचेको थिएन। साथै मलाई जानकारी दिनुभएको आहोङ पाकिस्तान र भारतमा धर्मबारे अध्ययन गरेर हाम्रो उर्दू भाषा सिक्नुभएको रहेछ। यो पनि सोचेको छैन। म ल्हासा महा मस्जिदबाट प्रत्यक्ष प्रसारण गर्ने पहिलो पाकिस्तानी हुँ। त्यसै गरी यो भव्य मस्जिदबारेमा उर्दू भाषाको सञ्चार माध्यममा पहिलोपटक प्रसारणसमेत भएको छ। यसबारे मैले मेरो सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया प्राप्त गरेँ। चिनियाँ मुस्लिमहरूले तिब्बतमा पूर्ण धार्मिक स्वतन्त्रता पाएको म खुशीयालपूर्वक मेरो देशबन्धुहरूलाई सुनाउँछु।”

Close
Messenger Pinterest LinkedIn