नेपाली

सञ्लालनमा आएको ल्हासा-लिन्ची रेलवेद्वारा तिब्बती जनताको समृद्धिका लागि शक्ति

cri2021-07-08 09:18:31

ठूलो परिमाणको पूर्वाधार प्रबन्धको निर्माण र यस सम्बन्धी पूँजी लगानीबाट सिर्जना गरिने वाणिज्य तथा रोजगारी अवसरमा निर्भर रहेर एक क्षेत्रको आर्थिक तथा सामाजिक समृद्धिलाई प्रवर्द्धन गर्नु नै मानव जातिको सभ्यता इतिहासमा एक प्रभावकारी विकास शैली प्रमाणित भएको छ।

पूर्वाधार प्रबन्धको निर्माण योजना चीनको राष्ट्रिय विकासको मुख्य प्रवर्द्धन शक्ति हो। हाल यी पूर्वाधारको निर्माण मुख्य गरी चीनका अविकसित क्षेत्र वा ग्रामीण क्षेत्रमा केन्द्रित भएका छन्। स्थानीय प्राकृतिक र भौगोलिक अवस्था भएकाले तिब्बत यस्तो क्षेत्र बनेको छ।

तिब्बती वासिन्दालाई पूर्वी विकसित क्षेत्रका वासिन्दा जस्तै राम्रो जीवन सिर्जना गर्नका लागि ठूलो परिमाणको पूर्वाधार प्रबन्धको निर्माण गर्नुपर्ने देखिन्छ। हाल यस सम्बन्धी धेरै परियोजना संचालन भैरहेका छन्। उदाहरणका लागि तिब्बतका विभिन्न क्षेत्रमा फाइभ-जी नेटवर्कले ढाकिएको छ।

हिमालयबीच मुख्यभूमि जस्तै राजमार्गको निर्माण नै एक अत्यन्तै कठिन परियोजना हो। तिब्बतको पहिलो राजमार्ग छिङ्गहाइ-तिब्बत रेलमार्ग सन्२००६को जुलाईमा सञ्चालनमा आएको थियो। यो रेलवे विश्वमा समुद्री सतहदेखि सबैभन्दा अग्लो र रेल लाइन सबैभन्दा लामो भएको पठारभूमि रेलमार्ग हो। यसपछि तिब्बतको रेलवे निर्माण सम्बन्धी परियोजना निरन्तर विकसित भैरहेको छ। यसमा चीन सरकारले पूर्ण समर्थन दिएको छ भने यातायात समस्या तिब्बतको आर्थिक तथा सामाजिक विकास र नागरिक जीवन सुधारको केन्द्रीय आवश्यकता हो। सन्२०२१ जुनको अन्तिम अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वार्षिकोत्सवको अवसरमा तिब्बती जनताले पठारभूमिको पहिलो विद्युतीय रेलवेलाई स्वागत गरेका छन्।

तिब्बतको दक्षिण पूर्वी भागमा पर्ने लिन्चीबाट सदरमुकाम ल्हासासम्म जाने रेलवे स-छ्वान तिब्बत रेलवेको महत्वपूर्ण भाग हो।“फुसिङ”रेल चीनको घरेलु निर्मित आधुनिक विद्युतीय उच्च-गतिको रेल हो। यस रेलवेमा रेलगति प्रति घण्टा १६०किलोमिटर छ। यो गति चीनको उच्च गतिका रेलको सञ्चालित गतिभन्दा छिटो होइन तापनि जटिल पठार पहाडी क्षेत्रमा उक्त गति धेरै दुर्लभ देखिन्छ।

ल्हासा-लिन्ची रेलवे छिङ हाइ-तिब्बत पठारको काइलास र हिमालयबीचको दक्षिणी तिब्बती उपत्यकामा पर्छ। रेलवे वरिपरिको दृश्य सुन्दर छ तर निकै जोखिमयुक्त भएकोले रेलवे निर्माण गर्न अत्यन्तै कठिन देखिन्छ। चीनका विभिन्न जातिका १ लाख ३० हजारभन्दा बढी मजदूरहरूले अघि पछि गरी उक्त शीर्ष सुन्दर आकाशे मार्गको निर्माण गरेका छन्।

उक्त रेलका दुईपट्टि छुट्टा छुट्टै गरी विद्युतीय संचालित कार र आन्तरिक दहन संचालित कार बोकिएको छ भने लगातार रूपमा अक्सिजन प्रदान गर्ने नयाँ तरिका सिर्जना भएको छ जसबाट यात्रुलाई रेलवेमा बस्ने सुविधा प्रदान गरिएको छ। भविष्यमा रेल चढेर तिब्बत घुम्नु नयाँ फेशन हुने संभावना छ।

उक्त रेलवेले तिब्बती जनताका लागि लाभ सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रको वृद्धि तथा ग्रामीण क्षेत्रको पुनरुत्थानलाई प्रवर्द्धन गर्नका लागि महत्वपूर्ण भूमिका सिर्जना गर्ने छ।

Close
Messenger Pinterest LinkedIn