नेपाली

नान ख भन्ने ठाउँमा देखेको एक सपना-2

cri2021-07-07 16:21:59

एक वर्षको कुरा थियो, छान लो को भन्ने एक राज्यले ता व्हे को भन्ने मुलुकमाथि आक्रमण गर्न सेना पठायो। ता व्हे कोका सैनिकहरुले हुकुम अनुसार शत्रुको प्रतिकार गरे। तर पटक-पटक हार खाए। आफ्ना सेनाले हार खाएको खबर सुनेपछि सम्राटलाई निकै दुःख लाग्यो र उनले शत्रुको सामना गर्ने उपाय बारे छलफल गर्न भनी तत्कालै सैनिक तथा निजामती अधिकारीहरुलाई बोलाए। शत्रु-सेनाले राजधानीमा आक्रमण गर्दैछ भन्ने कुरा सुनेर भाइ-भारादारहरु निकै डराए। उनिहरुले प्रतिकारको कुनै उपाय पनि देखेनन।

सम्राटले ती भाइ-भारादारहरुको हुलिया देखेर निकै रिसाएर भनेः साधारण दिनमा तिमीहरुले भोग विलास गर्नेगरेका छौ। मुलुक संकटमा परेका बेला तिमीहरु एक शब्द पनि बोल्दैनौ, डरले कामिरहेका छौ। यस्तो अवस्थामा तिमीहरुको के आवश्यकता?

यसै बेला प्रधानमन्त्रीले निकै नाम कमाएको नान ख भन्ने क्षेत्रका हाकिम ठोन यु फनको सम्झना गरे र नीजलाई सम्राट सामु सिफारिस गरे। सम्राटले पनि उनको कुरा सुनेर ठोन यु फनलाई सारा मुलुकका सेनाको नेतृत्व गरी शत्रुहरुको सामना गर्न आदेश दिए।

सम्राटको आदेश पाएपछि ठोन यु फन तुरुन्तै सेनाको नर्तृत्व गर्दै युद्ध मोर्चामा गए। तर ठोन यु फनमा युद्ध-कला बारे कुनै ज्ञान नभएकाले शत्रुका सामु उनको केही लागेन, उनको सेना पराजित भयो, ठोन यु फन पनि झण्डै युद्धबन्दी बनेका थिए। यो खबर पाएपछि सम्राट निकै निराश भए र ठोन यु फनलाई पदच्युत गरेर उनको थातथलोमा फर्काउने आदेश दिए। आफ्नो प्रतिष्ठा क्षणभरमै हराएको थाहा पाएका ठोन यु फन एकदमै लज्जित भएर ठूलो स्वरमा कराए। वास्तवमा यो त एक सपना मात्र पो रहेछ। सपनाबाट ब्यूँझेपछि ठोन यु फनले सपनाको दृश्य अनुसार ता व्हे मुलुकको खोजी गर्नलागे। वास्तवमा त्यो त त्यस ठूलो रुखमा रहेको कमिलाको एउटा ठूलो दुलो पो रहेछ।

यस उखानबाट हामी के शिक्षा पाउँछौं भने मानिसको जीवन सपना जस्तै हो र धनि, कुलिन, अधिकार वा शक्ति सबै मृगतृष्णा हुन।

Close
Messenger Pinterest LinkedIn