#अल्पसंख्यक जाति#:यी जातिको आवाज विश्वमा फैलाउने प्रयास
दक्षिण-पश्चिम चीनमा पर्ने स छ्वान प्रान्तीय ल्याङ शान यी जातीय प्रिफेक्चरमा सी द नामक जिल्ला छ। त्यहाँको कुल जनसंख्यामा ९०.५ प्रतिशत यी जातीयहरू रहेका छन्। ५३ वर्षीय चिपुरकु सी द जिल्ला सांस्कृतिक संग्रहालयका प्रमुख हुनुहुन्छ। बाल्यकालमा उहाँ नृत्य गर्न र भाइलिन बजाउन सिक्नुभयो। यी जातीय परम्परागत बाजा कलाको उतराधिकार गर्न उहाँले स्थानीय गैरभौतिक सांस्कृतिक सम्पदाका उतराधिकारीबाट य्वे छिन नामक बाजा बजाउन सिक्नुभएको छ। छ वर्षअघि उहाँले य्वे छिन वाद्यवादन बालक्लब स्थापना गर्नुभयो।
अनुसन्धान अनुसार, दुई सय वर्षअघि य्वे छिन यी जातीय बस्ने क्षेत्रमा लोकप्रिय थियो। सामान्य जीवनमा प्रेमप्रेमिकाबीच माया व्यक्त गर्न वन महोत्सवमा पनि य्वे छिनले बजाएको संगीत चाहिन्थ्यो। विशेष गरी महोत्सवमा युवाहरू य्वे छिन बजाउँदै युवतीहरू संगीतका साथ नाच्ने गर्दथ्ये। तर हाल अरू गैर भौतिक सांस्कृतिक सम्पदाजस्तै यी जातीय य्वे छिन संगीतको उतराधिकारमा धेरै समस्या देखा परेको छ। सन् २००८ मा यी जातीय य्वे छिन संगीत ल्याङ शान प्रिफेक्चरको दोस्रो चरणको गैरभौतिक सांस्कृतिक सम्पदामा सूचिकृत भएको छ।
चिपुरकुको विचारमा पूर्वजबाट उतराधिकार भएको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएका हुनाले सांस्कृतिक संग्रहालयको प्रमुखको हैसियतमा त्यसको उतराधिकार गर्ने आफ्नो दायित्व हो। विगत छ वर्षमा चिपुरकुले सी द जिल्ला जातीय माध्यमिक विद्यालयमा यी जातीय य्वे छिन बाजा बजाउन सिकाउनुभयो।
“आफ्नो जातीय संस्कृति र राम्रो चिनियाँ राष्ट्रिय संस्कृतिको उतराधिकार गर्नु दायित्व र जिम्मेवारी हो। यस क्षेत्रमा हाम्रा पुराना उतराधिकारीहरूमध्ये कोहीको निधन भयो, कोही बाजा बजाए तापनि संगीत बुझ्दैनन्। त्यसैले विद्यार्थीलाई सिकाउन सक्दैन र उतराधिकारी हुन सक्दैनन्।”
यी जातीय य्वे छिन बाजाको उतराधिकार कार्यलाई समर्थन दिनका लागि जिल्लाले सांस्कृतिक संग्रहालयमा संगीत कक्षा, विद्यार्थी छात्रावास र परिचालन खर्च दिएको छ। केही वर्षयता चिपुरकुको नेतृत्वमा च यु सिन स्यान नामक य्वे छिन बाजा बजाउने र गाउने बालक्लब स्थानीय क्षेत्रमा क्रमशः लोकप्रिय बन्दैआएको छ।
“यी विद्यार्थीहरूले पैचिङस्थित ओलम्पिक खेलकुद केन्द्रमा र अन्तर्राष्ट्रिय पर्यटन महोत्सवमा प्रदर्शन गरेका थिए। मैले करिब २०० जना विद्यार्थीहरूलाई सिकाएँ। तीमध्ये अधिकांश गरिब छन्। उनीहरू य्वे छिन बाजा सिक्ने शुल्क तिर्न सक्दैनन्। मैले उनीहरूका लागि निशुल्क रूपमा सिकाएँ। प्रदर्शनको पोशाक पनि निशुल्क छ।”
१६ वर्षीया आखस्यास्या चार वर्ष य्वे छिन बाजा सिकिसक्नुभयो। तर प्रारम्भमा उहाँका बुवा-आमाले य्वे छिन बाजा सिक्न विरोध गरेका थिए। बुवा-आमाको विचारमा बाजा सिकेर उपयोगी नहुनुका साथै पढाइमा पनि नराम्रो प्रभाव पार्छ।
“त्यसपछि म अझै प्रयासमा अभ्यास गरेँ। क्रमशः झन् झन् राम्ररी बजाउन सक्ने भएँ। गत वर्ष मैले प्रतियोगितामा भाग लिएर पुरस्कार पनि पाएँ। बुवा-आमाले मलाई समर्थन गर्न थाल्नुभयो। यो हाम्रो यी जातिको परम्परा हो। हामीले अझ बढी मानिसलाई यो बाजा मन पर्न लगाउनुपर्छ।”
दुई वर्षमा आखस्यास्या र अरू साथीहरू धेरै क्षेत्रमा प्रदर्शन गरेर पहाडी क्षेत्रबाहिर संसार हेरेका छन्। हाल झन् झन् विश्वासिलो आखस्यास्यासँग नयाँ सपना छ, भविष्यमा शिक्षक चिपुरकुजस्तै य्वे छिन बाजा सिकाएर यी जातीय य्वे छिन बाजाको संगीत संसारभरि फैलाउने आशा गर्नुहुन्छ।