नेपाली

चीन र अमेरिकाद्वारा आर्थिक तथा व्यापारिक क्षेत्रमा सामान्य सम्पर्क राख्न थालेको अर्थशास्त्रीको विचार #चीनअमेरिकासम्बन्ध

cri2021-07-01 09:02:54

हाल चीन र अमेरिकाले आर्थिक तथा व्यापारिक क्षेत्रमा सामान्य सम्पर्क राख्न थालेका छन्। हालै चीनकोअन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रद्वारा आयोजना गरिएको “आर्थिक मासिक वार्ता”कार्यक्रममा धेरै अर्थशास्त्रीले वर्तमान चीन र अमेरिकाबीचको आर्थिक सम्बन्ध निरन्तर रुपमा यी दुबै पक्षबीचको पूर्ण सम्बन्धको आधार भएको भन्दै यी दुबै मुलुकले आपसी वार्तालाई मजबुत बनाउँदै मतभेदलाई नियन्त्रणमा राख्नसकिने विचार राखेका छन्।

चीनको अन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रका उप महाप्रबन्धक एवम भूतपूर्व उप अर्थमन्त्री चु क्वाङ याउको विचारमा चीन र अमेरिकाबीचको वर्तमान सम्बन्ध आपसी दौत्य सम्बन्ध स्थापना भएयता सबैभन्दा कठिन अवधिमा छ जुन अघिल्लो अमेरिकी सरकारको चरम चीनविरुद्ध नीतिद्वारा उक्त अवस्था सिर्जना गरिएको हो। यो अवस्था चीन र अमेरिकाका जनताको आधारभूत हित मात्र नभई विश्व शान्ति विकासको समष्टिगत प्रवृत्तिसित अनुकूल छैन। चीन र अमेरिकाबीचको वर्तमान आर्थिक तथा व्यापारिक सम्बन्ध नै निरन्तर रुपमा यी दुबै मुलुकको पूर्ण सम्बन्धको आधार हो। सन् २०२० मा चीन र अमेरिकाबीचको व्यापार रकम ५ खर्ब ८६ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ भने ८.३ प्रतिशतले बढेको छ। अमेरिकाका लागि चीनको निर्यात ४ खर्ब ५१अर्ब ८० करोड अमेरिकी डलर छ जुन ७.९ प्रतिशतले बढेको छ। अमेरिकाबाट चीनको आयात १ खर्ब ३४ अर्ब ९० करोड अमेरिकी डलर छ जुन ९.८ प्रतिशतले बढेको छ। यी तथ्याङ्कबाट यी दुबै मुलुकबीचको आर्थिक सम्बन्ध घनिष्ट भएको प्रतिबिम्बित भएको छ। चीन र अमेरिका परनिर्भरताको अवस्थामा छन्।

सन् २०२० मा अमेरिकाका लागि चीनको लगानी ७ अर्ब २० करोड अमेरिकी डलर रहेको छ। चीनका लागि अमेरिकाको लगानी ८ अर्ब ७० करोड अमेरिकी डलर छ। चालू वर्षको अप्रिलमा चीन अमेरिका व्यापार दल च्याम्बर अफ कमर्सद्वारा सार्वजनिक गरिएको वार्षिक सर्वेक्षण प्रतिवेदनका अनुसार सर्वेक्षण गरिएका ६१ प्रतिशत अमेरिकी व्यवसायले निरन्तर रुपमा चीनलाई प्रथम लगानी गन्तव्यको रुपमा लिन लागेका छन्। यसै महिनामा अमेरिका चीन व्यापार दलले पनि सर्वेक्षण सार्वजनिक गर्दै अमेरिकामा अवस्थित ८३ प्रतिशत चिनियाँ व्यवसायले निरन्तर रुपमा अमेरिकी बजारलाई लगानीको महत्वपूर्ण गन्तव्यको रुपमा लिँदै जाने विचार रहेको जनाएको छ। यी तथ्याङ्कबाट चीन र अमेरिकाबीच विशाल सहयोगात्मक अवसर रहेको अभिव्यक्त भएको छ।

चीन र अमेरिकाबीचको सम्बन्धलाई सुधार गर्न यी दुबै पक्षले शान्त तथा सहअस्तित्व,खुला तथा सहयोग,बहुपक्षीयवाद,विदेशका लागि सहयोग आदि बाटोमा लाग्नुपर्छ। विदेशका लागि बन्द हुनु चीनको छनौट होइन भने अमेरिकाको पनि होइन।

चीनको अन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रका वरिष्ठ सल्लाहकार वी च्यान क्वोका अनुसार यी दुबै मुलुकबीचको सहयोगलाई सुधार गर्न चीन र अमेरिकाले तीन चेकलिस्ट बनाउनुपर्छ। यी तीन चेकलिस्ट भनेको वार्ता,मतभेदको नियन्त्रण र सहयोग हुन्। वर्तमान अमेरिकी सरकारले प्रभूत्ववाद र एकपक्षीयवाद त्याग गर्दै चीनसँग एक स्वस्थ तथा स्थिर चीन अमेरिका सम्बन्धको निर्माण गर्न प्रयास गर्नसक्ने आशा छ।

Close
Messenger Pinterest LinkedIn