नेपाली

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा कसरी मानव अधिकारको विकासको चमत्कार सिर्जना?

cri2021-06-25 15:52:31

चीन सरकारले जून २४ तारिख “मानव अधिकारको सम्मान र त्यसको संरक्षण गर्न चिनियाँ कम्युनिष्ट पार्टीको महान व्यवहार” शीर्षकमा श्वेत पत्र सार्वजनिक गरेको छ। सो श्वेत पत्रबाट बाह्य क्षेत्रले विगत १०० वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले चीनको मानव अधिकार कार्यको विकासलाई अघि बढाएर लगनशीलता र प्रयास देख्नुका साथै चीनको सत्तारुढ पार्टीले चीनको मानव अधिकार कार्यको निरन्तरतालाई अघि बढाउने मूलभूत प्रत्याभूति दिएको कुरा गहन रुपमा बुझेको छ।

श्वेत पत्रका अनुसार, चिनियाँ जनताका लागि हित कल्याण प्राप्त गराउनु र चीन राष्ट्रलाई पुन:उत्थान गर्नु नै चिनियाँ कम्युनिष्ट पार्टीको प्रारम्भिक इच्छा र जिम्मेवारी हुनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको मानव अधिकार सम्बन्धी विचारको जरा पनि हो। आफ्नो जन्मदेखि चिनियाँ कम्युनिष्ट पार्टीले जनतालाई प्राथमिकता दिई मानव अधिकारको सामान्य सिद्धान्त र चीनको वास्तविकता जोडेर चिनियाँ विशेषतायुक्त समाजवादी मानव अधिकारको विकास मार्ग सफलताका साथ पछ्याइरहेको छ।

आफ्नो प्रशासनिक विषयमा विश्व मानव अधिकारको संरक्षण र त्यसको विकासको कुरा प्राथमिक स्थानमा राख्ने मध्ये चीन जस्ता अरू मुलुकहरू विरलै देखिन्छन्। “मानव अधिकारको सम्मान र त्यसको संरक्षण गर्नु” चिनियाँ कम्युनिष्ट पार्टीको बडा-पत्रमा मात्र नभई चीनको संविधानमा पनि लेखिएको छ, जुन राष्ट्रको प्रशासन गर्ने एउटा महत्वपूर्ण सिद्धान्त बनेको छ।

उदाहरणका लागि सन् २०१२ देखि २०२० को अन्त्यसम्म चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा ग्रामीण क्षेत्रका ९ करोड ९० लाख विपन्न जनसंख्या पूर्ण रुपमा गरिबी मुक्त भएका छन्।

विगत १०० वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले चीनको राष्ट्रिय परिस्थितिसँग सुहाउँदो मानव अधिकारको विकासको मार्ग सफलताका साथ पक्डिरहेको छ।

Close
Messenger Pinterest LinkedIn