नेपाली

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो

cri2021-06-21 09:00:58

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो मे ६ तारिख बेलुका हाई नान प्रान्तको हाई खौ शहरमा शुरु भएको छ। अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पोको आयोजनामार्फत चीनले विश्वलाई उत्कृष्ट उपभोग्य वस्तु देखाउने र कारोबार गर्ने मञ्च प्रदान गरेको छ। सो मञ्चमा सहभागी चिनियाँ र विदेशी व्यवसायहरुको संख्या करिब १ हजार ५ सय रहेको छ। उद्घाटन समारोहमा धेरै मुलुकका व्यक्तिहरुले चीनसँगको सहयोगलाई प्रबल बनाउन सक्ने र चिनियाँ बजारले दिने अवसरहरु बाँड्नसक्ने आशा राखेका छन्।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चानओचाले भिडियोमार्फत उद्घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो,

व्यापारिक सहयोगलाई प्रबर्द्धन गर्न थाइल्याण्डको अन्तर्राष्ट्रिय व्यापार व्यूरो र हाई नानको व्यापार व्यूरो बीच साझेदारी स्मृति-पत्र हस्ताक्षर हुने कुराप्रति मलाई खुसी लागेको छ। सो साझेदारी स्मृति-पत्रबाट थाइल्याण्ड र हाई नान बीचको आर्थिक तथा व्यापारिक सहयोगको विस्तार गर्न सक्ने आशा मैले राखेको छु।

स्विटरल्याण्ड पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पोको अतिथि मुलुक हो। स्विटरल्याण्डको राष्ट्रिय हलले २० भन्दा बढी स्विटरल्याण्डेली व्यवसाय र मार्काका पछिल्लो उत्पादन वस्तु र सेवाको प्रदर्शन गर्नेछ। संघीय स्विटरल्याण्डका अध्यक्ष गाइ पारमेलिनले उपभोग्य वस्तु एक्स्पोलाई दिनु भएको बधाई सन्देशमा पहिलो उपभोग्य वस्तु एक्स्पोको अतिथि मुलुक बनेकोमा गौरव लागेको र स्विटरल्याण्ड-चीन सम्बन्धको विकास हुनसकोस् भन्ने उल्लेख छ। चीनका लागि स्विटरल्याण्डका राजदूत बेरनार्दिनो रेगाजोनीले उद्घाटन समारोहमा सो बधाई सन्देश पढ्नुभयो,

यस्तो निमन्त्रणाले स्विटरल्याण्ड र चीनले आपसी विश्वासको आधारमा स्थापित गुणस्तरीय सम्बन्धको अभिव्यक्त गरेको छ। हाम्रो द्विपक्षीय सम्बन्ध निरन्तर वार्ता र सहयोगमार्फत सबल हुँदै आएको छ भने विभिन्न क्षेत्रमा आपसी बुझाई पनि मजबूत हुँदै आएको छ।

चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पोको अवधिमा स्विटरल्याण्ड, युनाइटेड अरब इमिरेट्स, इन्डोनेसिया र फ्रान्स लगायत २१ मुलुकका करिब ५० राजदूत एक्स्पोमा सहभागी हुनुभयो।

दक्षिण कोरियाको व्यापार लगानी उत्थान समूह अन्तर्गत चिनियाँ क्षेत्रको मुख्यालयका प्रधान प्रतिनिधि हुङ चाङ शाउले उपभोग्य वस्तु एक्स्पोको अवधिमा दक्षिण कोरियाका ५८ व्यवसायहरु एक्स्पोमा सहभागी भएका छन्, तिनीहरु कस्मेटिक, चिकित्सा उपकरण र दैनिक उपभोग्य वस्तु सम्बन्धी व्यवसायहरु हुन् भन्दै उपभोग्य वस्तु एक्स्पोले दक्षिण कोरियाका व्यवसायहरुलाई चिनियाँ बजारमा विस्तार गर्नसक्ने आशा राख्नुभयो।

हाई नान टापू चीनको उपभोग गर्ने महत्वपूर्ण क्षेत्र बनेकोमा दक्षिण कोरियाका धेरै व्यवसायहरुले ध्यान दिएका छन्। त्यसैले यस पटकको उपभोग्य वस्तु एक्स्पोमा सक्रियताका साथ भाग लिएर चिनियाँ व्यवसायी र चिनियाँ साथीहरुलाई दक्षिण कोरियाका उत्कृष्ट उपभोक्ता सामग्रीबारे जानकारी दिने महत्वपूर्ण अर्थ रहेको मलाई लाग्छ।

दक्षिण कोरिया पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पोमा सबैभन्दा बढी मार्काको सहभागी भएको मुलुक हो। हाई नानको अन्तर्राष्ट्रिय आर्थिक विकास व्यूरोका प्रमुख हान शङ च्यानले यसबारे जाकारी दिँदै भन्नुभयो,

सबैभन्दा बढी मार्काको सहभागीता भएका मुलुकहरु अघि पछि गरी दक्षिण कोरिया, फ्रान्स, जापान, अमेरिका र इटाली हुन्।

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पोको प्रदर्शनीको कूल क्षेत्रफल ८० हजार वर्गमिटर रहेको छ, जुन एसिया प्रशान्त क्षेत्रमा सबैभन्दा ठूलो उपभोग्य वस्तुको प्रदर्शनी हुनेछ।

Close
Messenger Pinterest LinkedIn