नेपाली

चिनियाँ वर्णशंकर धानद्वारा मेडागास्करलाई अन्नबालीको उत्पादन बढाउन मद्दत

cri2021-06-18 14:26:39

हरेक वर्षको मे महिना मेडागास्करको धान भित्र्याउने सिजन हो। मेडागास्करका अनेकौं क्षेत्रहरूमा वर्णशंकर धानको खेती गरेका किसानहरू धान काट्न व्यस्त हुने गर्दछन्। मेडागास्करको कृषि मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षमा वर्णशंकर धानको फसल प्रचूर छ भने औसतमा हरेक हेक्टरको खेतीमा सात टनदेखि आठ टनसम्मको धान भित्र्याइएको छ।

चीनको हुनान युआन श अन्तर्राष्ट्रिय कृषि विकास कम्पनी लिमिटेडले सन् २००७देखि वर्णशंकर धानको रोपाई प्रविधिको प्रचार-प्रसार गर्न कृषि प्राविधिज्ञ पठाउने गर्दछ। दश वर्षको विकासपछि हाल मेडागास्कर अफ्रिकामा वर्णशंकर धानको सबैभन्दा ठूलो रोपाई क्षेत्रफल र सबैभन्दा बढी उत्पादित मात्रा रहेको मुलुक बनिसकेको छ। युआन श अन्तर्राष्ट्रिय कृषि विकास कम्पनी लिमिटेडअन्तर्गत मेडागास्कर वर्णशंकर धान परियोजनाका जिम्मेवार व्यक्ति ली यान फिङले अझै धेरै खेतीमा वर्णशंकर धान रोपिएको कुरा बताइन्। उनी भन्छिन् “हालसम्म चीनको वर्णशंकर धान मेडागास्करमा रोपिएको क्षेत्रफल ७ लाख ५० हजार मू अर्थात् ५० हजार हेक्टर पुगेको छ। मेडागास्करका २२ वटा प्रदेशमध्ये आधा प्रदेशहरूले वर्णशंकर धान रोपेका छन्। गत वर्षमा मेडागास्करको कृषि मन्त्रालयले ५ सय टनको चिनियाँ वर्णशंकर धानको बिउ खरीद गरेको थियो।”

Close
Messenger Pinterest LinkedIn