नेपाली

“पाण्डाको हेरचाह गर्ने युवती” मा छिङ सुङ

cri2021-06-11 15:57:51

यो आवाज पाण्डाको हेरचाह गर्ने युवती मा छिङ सुङले “बै बै” नामक पाण्डाका लागि ताजा बाँस काट्दा आएको आवाज हो। मा छिङ सुङले हरेक दिनको बिहान पाण्डाका लागि बाँस काट्ने गर्दछिन्। बाँस काट्नु, पाण्डा घर सफा गर्नुआदि कामहरू सन् १९९० को दशकमा जन्मेकी मा छिङ सुङको दैनिक काम हो।

मा छिङ सुङ चिनियाँ पाण्डा आरक्षण तथा संरक्षण केन्द्रअन्तर्गत या आनको बिफङश्या आधार क्षेत्रमा पाण्डाको हेरचाह गर्ने कर्मचारी हुन्। बिफङश्या आधार क्षेत्र चीनको स छ्वान प्रान्तीय या आन शहरमा पर्दछ। त्यहाँ पर्यटकहरूले नजिकैको दूरीबाट पाण्डाको अवलोकन गर्नपाउँछन्।

प्रतिदिन मायालु पाण्डासँग बिताउनु गौरव लाग्ने काम हो। मा छिङ सुङकाअनुसार, सामान्यतया पाण्डा मायालु हुन्छ तर यो जनावर हो, त्यसैले पाण्डाको हेरचार गर्दा होसियार हुनुपर्छ। मा छिङ सुङ भन्छिन्

“पहिलो पटक नजिकैबाट पाण्डालाई भेट्दा मलाई अलि डर लागेको थियो। होसियारी अपनाउनुपर्छ। कुनै पनि बेला पाण्डाले तपाईँलाई आक्रमण पनि गर्न सक्छ।”

एक पटक मा छिङ सुङ रात्री ड्यूटी गर्दैगर्दा एक आमा पाण्डाले आफ्नो बच्चालाई दुध खुवाउन नसक्दा अरू सहकर्मीलाई आक्रमण गरेको थियो। त्यस अवस्थामा पाण्डा हेरचाह गर्ने कर्मचारीले आमा पाण्डालाई मद्दत दिनुपर्छ। त्यस बेलामा मा छिङ सुङलाई निकै डर लागेको थियो। अन्त्यमा मा छिङ सुङले सहकर्मीसँग मिलेर पाण्डाका बच्चाहरूलाई आमाको दुध खुवाउन मद्दत गरेकी थिइन्। त्यसपछि उनी पाण्डाको हेरचाह गर्न सिपालु भइन्।

कामको सिलसिलामा मा छिङ सुङसँग प्रशस्त उत्साह छ। खास गरी पाण्डा बिरामी हुँदा कर्मचारी दिनभरि पाण्डाको साथमा पाण्डा घरमा रहनुपर्छ। मा छिङ सुङ भन्छिन् “चिकित्सकले उपचार गरेपछि बिरामी पाण्डालाई घर पठाइन्छ। त्यसपछि पाण्डाको हेरचाह गर्ने कर्मचारीले उक्त पाण्डाको पूरा हेरचाह गर्नुपर्छ। चिकित्सकले हामीलाई पाण्डालाई ‌औषधि खाने सबै बताएका हुन्छन् र हामी २४ घण्टा पाण्डाको साथमा रहन्छौँ।”

मा छिङ सुङकाअनुसार, हालसम्म या आन पाण्डा आधार क्षेत्रले विश्वका १४ वटा मुलुकका १६ वटा चिडियाघरसँग वैज्ञानिक अनुसन्धान सहयोग परियोजनाबारे सहमति हासिल गरेको छ। ती मुलुकहरूमा मलेशिया, अमेरिका, जापानआदि समावेश छन्। उनले विदेशी आदान-प्रदान परियोजनामा सहभागी हुनसक्ने अपेक्षा व्यक्त गरिन्। उनी भन्छिन्

“मेरो अपेक्षा छ। किनभने हरेक वर्ष हामीसँग आदान-प्रदान गर्ने क्रममा विदेश जाने मौका छ। चीनमा पनि आदान-प्रदानको मौका छ।”

फुर्सदमा जनावरलाई माया गर्ने मा छिङ सुङ पाण्डासम्बन्धी भिडियो खिच्न मन पराउँछिन्। ती भिडियोहरूलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्छिन् र इन्टर्नेट प्रयोगकर्तासँग आदान-प्रदान गर्छिन्। उनले यस तरीकामार्फत अझै धेरै मानिसहरू जनवारमाथि ध्यान दिन र संरक्षणतर्फ आकर्षित हुने आशा लिन्छिन्।

Close
Messenger Pinterest LinkedIn