नेपाली

ग्लोबल औद्योगिक श्रृंखला र आपूर्ति श्रृंखलामा चीनलाई प्रतिस्थापन गर्न गाह्रो #चीनकोविकास

cri2021-06-10 10:48:02

चीनको भन्सार मुख्यालयले ७ तारिख जारी गरेको पछिल्लो आयात-निर्यात तथ्यांक अनुसार, यस वर्षका अघिल्ला ५ महिनामा चीनको आयात निर्यातको कुल मात्रा गत वर्षको सोही अवधिको तुलनामा २८.२ प्रतिशतले वृद्धि भएको छ। तीमध्ये निर्यात ३०.१ प्रतिशतले वृद्धि भएको छ भने आयात २५.९ प्रतिशतले वृद्धि भएको छ। गत मे महिनासम्म आयात निर्यात मात्राले लगातार १२ महिनासम्मको वृद्धि अवस्थालाई कायम राख्दै आएको देखिन्छ।

उक्त तथ्यांकबाट के प्रष्ट गरिएको छ भने चीनको वैदेशिक व्यापारको पुनरूत्थान स्थिर र सशक्त भएकाले विश्व आर्थिक पुनरूत्थानका लागि समर्थन र विश्वास पनि ल्याएको छ। चीन सरकारले सक्दो छिटो अनेकन् कदम चालेर नयाँ कोरोना महामारीको सामना गर्न वैदेशिक व्यापारिक व्यवसायलाई सशक्त समर्थन गरेको छ। साथै चीनको वैदेशिक व्यापारको लगातार पुनरूत्थान र विभिन्न मुलुकमा खोप लगाउने परिधि विस्तार हुँदै आएको तथा अन्तर्राष्ट्रिय चाहना पुनः बढ्दै आएको कुरासँग सम्बन्धित रहेको छ।

आयातबाट हेर्दा चीनको उद्योग व्यवसाय र उपभोग लगातार पुनरुत्थान हुँदै गएको छ। विश्वका उत्पादन वस्तुका लागि चिनियाँ बजारको माग पनि बढिरहेको छ। चालू वर्षको अघिल्ला पाँच महिना चीनको फलाम, कच्चा तेल र सोयाबीन आदि बस्तुको आयात मात्रा तथा मूल्य सबै बढेको छ। आयातित मेकानिकल र इलेक्ट्रिकल उत्पादनको कूल रकम २१.८ प्रतिशतले बढेको छ। यसमध्ये कारको संख्या ४ लाख २९ हजार रहेको छ जन ५४.२ प्रतिशतले बढेको छ। यसबाट हेर्दा पुनरुत्थान भइरहेको चीनको बजारले विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि शक्तिशाली रूपमा प्रवर्द्धन गरेको छ।

यसका अतिरिक्त उक्त तथ्याङ्कका अनुसार चीनको आयात निर्यातबाट ग्लोबल स्रोतलाई आकर्षित गर्ने शक्ति बढ्दैगएको देखिन्छ। अघिल्ला पाँच महिनामा चीनले आशियान,युरोपेली संघ,अमेरिका जस्तै मुख्य व्यापारिक साझेदारीका लागि सिर्जना गरेको आयात निर्यात व्यापार रकम क्रमशः २९.२, २८.७ र ४१ प्रतिशतले बढेको छ। साथै बेल्ट एण्ट रोड सम्बन्धी तटवर्ती मुलुकका लागि चीनले जम्मा गरी ४३ खर्ब ६० अर्ब चिनियाँ युआनको आयात निर्यात गरेको छ र २७.४ प्रतिशतले बढेको छ। चीनले ग्लोबल औद्योगिक श्रृंखला र आपूर्ति श्रृंखलामा प्रतिस्थापन गर्न गाह्रो भएको महत्वपूर्ण स्थान लिएको स्पष्ट देखिन्छ।

चीनको वैदेशिक अवस्था लगातार रूपमा राम्रो बन्दै गए तापनि हाल विश्वमा महामारीको अवस्था अझ गम्भीर रहेको देखिन्छ। त्यसबाट विश्व व्यापारको भविष्यका लागि अझ चुनौती थपिँदै गएको छ।

Close
Messenger Pinterest LinkedIn