नेपाली

#अल्पसंख्यक जाति# तोङ जातीय सङ्ग्रहालयमा कार्यरत् गाईड ली च्वान

cri2021-06-08 16:19:04

क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको उतरी भागमा पर्ने सानच्याङ तोङ जातीय प्रिफेक्चर चीनमा सबैभन्दा बढी तोङ जातिहरू बस्ने क्षेत्र हो। त्यहाँको विशेषतायुक्त जातीय संस्कृति र सुन्दर दृश्यले चिनियाँ तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ। आजको कार्यक्रममा हामी सँगसँग त्यहाँ घुम्नजाऔँ, है।

सानच्याङको यात्रा गर्दा तोङ जातीय सङ्ग्रहालयको भ्रमण गर्नुपर्छ। त्यहाँ तोङ जातीय काठद्वारा बनाइएको भवन, पोशाक तथा सजावटका सरसामान, किसानद्वारा बनाइएका चित्रहरू प्रदर्शन गरिएका छन्। गाइड ली च्वानले हरेक दिन सदिच्छापूर्ण रूपमा यात्रुहरूका लागि जानकारी दिनुहुन्छ।

“हाम्रो सानच्याङमा काठद्वारा बनाइएको तोङ जातीय भवन र तोङ जातीय संस्कृति सबैभन्दा राम्ररी सुरक्षित गरिएका छन्। हाल तपाईँले हेर्नुभएको पुल छङयाङ फङयु अर्थात् हावा-पानी पुल हो। यो पुलमा पाँचवटा टावर शैलीको मण्डप छन्। पूरै पुलको लम्बाइ ६४.४ मिटर छ। जोडेको ठाउँमा कुनै फलामको किला पनि छैन।”

पहिले ली च्वान टेलिभिजन सञ्चालिका पनि हुनुहुन्थ्यो। तर जन्मथलोलाई माया गर्ने भएकाले सन् २०१९ मा उहाँ जन्मथलोस्थित सङ्ग्रहालयमा गाइड बन्नुभएको हो। लगभग एक वर्षमा ली च्वानले धेरै पर्यटकबाट समर्थन तथा प्रशंसा पाउनुभएको छ। उहाँले यसरी भन्नुभयो

“अझ बढी मानिसलाई यहाँको जानकारी दिनका लागि म जन्मथलो फर्केकी हुँ र आफ्नो जातिको संस्कृतिबारे धेरैभन्दा धेरै जानकारी दिन चाहन्छु। पर्यटकको सक्रिय मूल्याङ्कनबाट मेरो कार्यको अर्थ बुझ्छु। पर्यटकको गाइड बनेर गाउँमा घुम्न मलाई मन पर्छ। किनकि हरेक तोङ जातीय गाउँ सम्पूर्ण रूपमा पर्यावरणीय सङ्ग्रहालय हो। गाउँलेहरू आनन्दले कुराकानी गरी बसेको, कढाइलगायतका कामहरू गरिरहेको र पर्यटकसँगै गीत गाउने क्षण मलाई मन पर्छ। ”

तोङ जातीय भव्य पोशाक लगाउने ली च्वान ज्यादै आकर्षक देखिनु हुन्छ। हरेकपटक जानकारी दिएपछि धेरै पर्यटकहरूले उहाँसँग फोटो पनि खिच्छन्। ली च्वान लगाएको तोङ जातीय पोशाक र चाँदीको गहनाबारे उनीहरूलाई चासो लाग्छ। त्यस बेला ली च्वानले पर्यटकका लागि तोङ जातीय पोशाक संस्कृतिबारे क्रमशः जानकारी दिनुका साथै कढाइ गर्ने मान्छेसँग सम्पर्क गर्न सहयोग गर्नुहुन्छ। अनलाइन अर्डरमार्फत् पर्यटकले तोङ जातीय पोशाक किन्नसक्छन्।

“तोङ जातीय पोशाक लगाउन मलाई मन पर्छ। मेरी छोरी भर्खरै एक वर्ष भइन्। मैले उसका लागि पूरै सेटको तोङ जातीय पोशाक तयार गर्नथालेकी छु। भविष्यमा उनी बिवाह गर्दा मजस्तै आमाबाट बनाइएको बिहेको लुगा लगाउने आशा गर्छु”

केही वर्षयता अल्पसंख्यक जातीय संस्कृतिको सुरक्षा तथा विकास गर्न सानच्याङले नियमित रूपमा सांस्कृतिक उत्तराधिकार तालिमको आयोजना गर्दैआएको छ। तोङ जातीय बाजा, गीत, किसानको चित्र आदि विषयबारेका प्रत्येक कक्षाहरू विद्यार्थीले भरेको हुन्छ। ली च्वान र उनका साथीहरू पनि सहभागी हुन्छन्।

“हाल जन्मथलोमा धेरैभन्दा धेरै युवाहरूले सांस्कृतिक उत्तराधिकारकालागि भाग लिएका छन्। हाम्रो प्रयासले तोङ जातिको श्रेष्ठ संस्कृतिको संरक्षण तथा राम्रो उत्तराधिकार बन्ने विश्वास छ।”

Close
Messenger Pinterest LinkedIn