नेपाली

युगुर जातीय युवा माइमाइथीआइली थुअरसुनको कथा

cri2021-05-21 11:04:16

युगुर जातिका २५ वर्षीय युवा माइमाइथीआइली थुअरसुन हाल निकै व्यस्त छन्। उनी सिन्च्याङको शा छ जिल्लाको था का अर छि बस्तीका घरघरमा खाना पुर्‍याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी यो व्यवसायलाई विस्तार गर्न व्यस्त छन्। कहिलेकाहीँ उनी राती दश बजे मात्र घर फर्कन पाउँछन्।

हाल युवा माइमाइथीआइली थुलुसुनले सन् २०१८ मा पहिलो अर्डर पाएको अवस्था सम्झना गरेका छन्। उनी भन्छन् “मेरो पहिलो अर्डर राति बाह्र बजे आएको थियो। पाहुनाले साउट मसालेदार कुखुरा अर्डर गरेका थिए। मैले इलेक्ट्रिक साइकलद्वारा अठार किलोमिटरको दूरीको बाटो तय गरेर पाहुनाका हातसम्म पुर्‍याएको थिएँ। पाहुनाले मलाई भनेका थिए, तिमीले कम्पनी खोलेकोमा मलाई खुशी लाग्यो।”

“ता सी हान” नामक घरघरमा खाना पुर्‍याउने कम्पनीमा काम गरेको बेलामा माइमाइथीआइली थुलुसुनले धेरै अनुभव बटुलेका थिए। उनले साथीसँग सहकार्य गरी आफ्नो कम्पनीको स्थापना गर्ने निर्णय गरेका थिए।

सन् २०१९ मे महिनामा उनले पहिलेको कम्पनीमा राजीनामा दिई साथीसँग घरघरमा खाना पुर्‍याउने कम्पनीको स्थापना गरेका थिए। खोलेको दोस्रो महिनामा उनको कम्पनी सामान्य लिगमा प्रवेश गरेको थियो। चौथो महिनादेखि उनको कम्पनीको सेवा आफ्नो वरिपरिका आठ वटा गाउँसम्म फैलिएको थियो। पुरानो पाहुना भाहार्तिङ युसुन भन्छन् “सन् २०१९ को गृष्म ऋतुमा मेरी आमा बिरामी भएकी थिइन्। मलाई खाना पकाउन आउँदैन र त्यस बेला मेरो साथीले माइमाइथीको खाना पुर्‍याउने कम्पनीबारे जानकारी दिएको थियो। तुरुन्तै मैले अर्डर गरेँ। खाना छिटो रुपमा पुर्‍याइएको थियो। खाना पुग्दा तातो थियो र मीठो पनि थियो। मलाई सन्तुष्ट लागेको थियो।”

माइमाइथीको कम्पनीले रेस्टुराँको अनलाइन बजारलाई विस्तार गर्नका लागि चौतारो उपलब्ध गराएको छ। सिनपाकऊयीला नामक रेस्टुराँ सबैभन्दा पहिले माइमाइथीको खाना पुर्‍याउने कम्पनीसँग ठेक्का पत्रमा हस्ताक्षर गरेका रेस्टुरेन्टहरूमध्येको एक हो। माहिला मालिक ऊरकुली थुअरसुन भन्छिन् “सन् २०१९ मे महिनामा मैले माइमाइथीसँग सहकार्य गरेको थिएँ। केही वासिन्दाले मलाई टेलिफोन गरी खाना पुर्‍याउने सेवा उपलब्ध छ कि छैन भनेर सोधेको थियो। मेरो रेस्टुराँका धेरै पाहुनाहरू छन्। म खाना पुर्‍याउने सेवा उपलब्ध गराउन सक्दिन। एक दिन, माइमाइथीले मसँग खाना पुर्‍याउने कुराबारे छलफल गर्न आएका थिए। उनको विचार राम्रो लाग्यो। त्यसैले मैले उनीसँग सहकार्य गर्ने निर्णय गरेँ। शुरुमा अर्डर त्यति धेरै थिएन। हाल प्रति दिन मेरो रेस्टुराँका अर्डर पत्र करिब चालीस वटा पुगेको छ।”

माइमाइथीले कम्पनीका ९८ जना मजदूरलाई मोटर साइकल, मजदूर खाना उपलब्ध गराउनुका साथै बिमा पनि गरेका छन्। गत वर्ष कोरोना भाइरस महामारी भएका कारण उनको कम्पनीमा पनि केही असर परेको थियो। तर माइमाइथीले सबै मजदूरसँगै कठिनाइलाई जितेका छन्। सन् २०२१ जनवरी महिनामा उनले अर्को नयाँ “सिन्च्याङ चि भाउ नामक घरघरमा खाना पुर्‍याउने कम्पनी”को स्थापना गरेका थिए। भविष्यको विकासबारे माइमाइथी भन्छन् “अरु वासिन्दाहरूले मजस्तै सिक्ने आशा मैले लिएको छु। युवायुवतीले राम्रोसँग प्रयास गर्नुपर्छ। घरघरमा खाना पुर्‍याउने कम्पनी खोल्ने विचार लिने व्यक्तिहरू पनि हाम्रो कम्पनीमा सहभागी हुनसक्छन्। हामीले विभिन्न जिल्लामा हाम्रो कम्पनीको शाखाको स्थापना गर्नसक्छौं। हामे चीनको सबैभन्दा धेरै घरघरमा खाना पुर्‍याउने अल्पसंख्यक जातीय कम्पनी संचालन गर्ने प्रयासमा छौँ।”

Close
Messenger Pinterest LinkedIn