नेपाली

#अल्पसंख्यक जाति#पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो सम्पन्न

cri2021-05-18 16:13:24

मे १० तारिख पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो चिनियाँ हाइनान प्रान्तीय हाइ खौ शहरमा पूरा भएको छ। यो एक्स्पोले विश्वको उपभोग बजारलाई प्रोत्सान गर्नुका साथै विश्व अर्थतन्त्रको पुनर्त्थान तथा वृद्धिका लागि सहयोग दिएको छ।

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पोले विश्वलाई उच्च गुणस्तरीय उपभोक्ता सामग्री दिनुका साथै चिनियाँ राम्रा उपभोक्ता सामग्री विश्वको बजारमा प्रवेश गर्न चौतारो पनि दिएको छ।

सिन्च्याङ युगुर स्वायत्त प्रदेशको यी लीबाट आएकी छन फिङ गैर-भौतिक सांस्कृतिक सम्पदामा सूचिकृत कढाई को उतराधिकारी हुनुहुन्छ। उहाँले उक्त कढाईमार्फत् सीकुन्याङ नामक मार्काको स्थापना गर्नुभयो। एक्स्पोमा उहाँले जातीय विशेषतायुक्त कढाई उत्पादनको प्रदर्शन गर्नुभएको छ। उहाँको विचारमा, यो एक्स्पोले अझ बढी व्यक्तिलाई सिन्च्याङको गैर-भौतिक संस्कृतिबारे जानकारी दिनुका साथै अझ बढी देशलाई चिनियाँ गैर-भौतिक सांस्कृतिक उत्पादनबारे जानकारी दिएको छ।

“हामी दुई व्यवसायसँग सहमत छौँ। एउटा रूसी व्यवहासका साउजीले मेरो प्रदर्शनी ठाउँमा तीनपटक आएका थिए। उनले हामीसँग सहयोग गरेर मेरो उत्पादन रूसमा विक्री गर्ने योजना बनाएका छन्। अर्को कजागिकस्तानको एउटा कुर छुट पसलका साउजीले हाम्रो सांस्कृतिक उत्पादनको प्रोक्सी बन्न खोजेका छन्। हामी मूलतः सहमति पाएका छौं। उपलब्धि राम्रो छ। यो एक्स्पोले हामीलाई अझ राम्रो मञ्च र स्रोत दिएको महसुस लाग्यो। ”

तिब्तबाट आएका प्रदर्शक फङ चहाउले तिब्बती विशेषतायुक्त जिनसेङ फलबाट बनाइएको बियर र मह लिएर प्रदर्शन गर्नुभएको छ। चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तुएक्स्पो तिब्बती उत्पादन विश्वको बजारमा प्रवेश गर्न सहयोगी भएको विचार उहाँले गर्नुभएको छ।

“यो एक्स्पोबाट अझ बढी व्यक्तिलाई तिब्बती उत्पादन, विशेष गरी उच्चस्तरीय उपभोक्ता वस्तुबारे साचो लागेको छ। अर्कातिर केही सहयोगी र एजेन्टले हाम्रो उत्पादनबारे चासो व्यक्त गरेर बियर र महको प्रोक्सी गर्ने इच्छा लिएका छन्। भविष्यमा हामी निरन्तर छलफल गर्नेछौं। उपलब्धि राम्रो छ। आगामी वर्ष हामी फेरि आउनेछौँ। ”

अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीन अनुसन्धान परिषदका उपप्रमुख चाउ फिङका अनुसार, चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलाको आयोजनाले विश्व मार्का र बजारका लागि मौका र मञ्च उपलब्ध गराउनुका साथै हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको विश्वव्यापी प्रभाव बढाएको छ।

“विकसित मुलुक तथा विकासुन्मुख मुलुकले चिनियाँ विकासको नयाँ मौका बाँड्न चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एकस्पोजस्तै राष्ट्रस्तरीय प्रदर्शनले ज्यादै राम्रो शर्तको सिर्जना गरेको छ।”

Close
Messenger Pinterest LinkedIn