नेपाली

हिउँदे ओलम्पिक खेलकुदको परीक्षणबाट ओलम्पिक खेलकुदको रंगशालाको रुप फेर्ने जाँच

cri2021-05-17 16:28:11

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको बरफ परीक्षण कार्यक्रम अहिले धुमधामसँग चलिरहेको छ। पाँच वटा रंगशालामध्ये मर्मत भएको राजधानी रंगशालामा शर्ट ट्र्याक स्पिड स्केटिङ र फिगर स्केटिङ दुई प्रकारका प्रतियोगिताको आयोजना गरिने छ। पैचिङको एउटा द्योतकरुपी रंगशालाको रुपमा यस रंगशालाले एउटा विशेष कार्यभार लिनेछ, एकै दिनमा दुई वटा खेलको आयोजना गरिनेछ र एकै दिनमा ती दुई वटा खेलका लागि उपयोगी रंगशालामा परिणत गरिने छ। साँचो प्रतियोगिता जस्तै परीक्षण कार्यक्रममा राजधानी रंगशालाको प्रस्तुति कस्तो छ?

पहिलो, यहाँ सबैभन्दा आधुनिक आवाज प्रणालीको उपयोग गरिन्छ। दोस्रो, यहाँ सबैभन्दा आधुनिक भिडियो प्रणालीको उपयोग पनि गरिन्छ। तेस्रो, बरफ उत्पादन प्रणालीमा सो रंगशालामा सबैभन्दा उन्नत प्रविधिको प्रयोग गरिन्छ, जुन अन्तर्राष्ट्रिय ओलम्पिक संयोजन समितिको हरित र कम कार्बनको निश्कासन सम्बन्धी मापदण्ड पुगेको छ। त्यसका अतिरिक्त, रंगशालामा एसी प्रणाली र स्वच्छ हावा प्रणालीमा यस पटक मर्मत गरिएको छ।

मर्मत गरिएपछि राजधानी रंगशालामा अड्ने दर्शकहरुको संख्या १८ हजारदेखि १५ हजारमा घटेको छ। तिङ तुङका अनुसार, दर्शक बस्ने अनुभवलाई आनन्द दिनका लागि कुर्सीको चौडाईलाई बढाइएको छ, यसका साथै अन्तर्राष्ट्रिय ओलम्पिक संयोजन समितिको मांग बमोजिम अवरोध मुक्त सीट बढाइएको छ। रंगशालामा अड्ने दर्शकहरुको संख्या घटेतापनि प्रतियोगिता हेर्ने अनुभव अरु राम्रो हुनेछ।

संरचनाहरु सुधार हुनुका साथै सेवामा पनि सुधार गरिने आवश्यकता छ। राजधानी रंगशालामा सेवाका लागि सबैभन्दा ठूलो दबाब शर्ट ट्र्याक स्पिड स्केटिङ र फिगर स्केटिङको स्थलको परिवर्तन हो। हिउँदे ओलम्पिक खेलकुदको नियम र समय तालिकामा दुईटा खेल एकै दिनभित्र आयोजना गरिएको कारण प्रतियोगिता स्थलको परिवर्तन पनि एकै दिनमा गर्नुपर्छ। यस पटकको परीक्षण कार्यक्रममा ६ दिनभित्र ७ पटक प्रतियोगिता स्थलको परिवर्तन गरिएको छ।

राजधानी रंगशालाको परिवर्तन समूहकी प्रमुख शन लिङले उक्त दुई वटा प्रतियोगिका लागि स्थलको विभिन्न मापदण्डबारे जानकारी दिँदै भन्नुभयो,

फिगर स्केटिङका लागि बाक्लो बरफ चाहिन्छ, तर शर्ट ट्र्याक स्पिड स्केटिङका लागि पातलो बरफ चाहिन्छ, यसरी भएपछि मात्रै खेलाडीको गति छिटो हुनसक्छ।

त्यसका अतिरिक्त, सो दुई खेलका धेरै संरचनाहरुको भिन्नता छ। समयतालिकामा परिवर्तन समूहका लागि दुई घण्टाको समय मात्र दिन्छ, यस छोटो समयमा सबैभन्दा महत्वपूर्ण कदम अर्थात बरफ उत्पादनका लागि एक घण्टा समावेश छ। यसबारे चर्चा गर्दै शन लिङले भन्नुभयो,

हिउँदे ओलम्पिक खेलकुदमा मात्र प्रतियोगिता स्थलको परिवर्तन गर्ने समस्या देखिन्छ। पहिलो पटक हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने कारण हामीले पूर्ण तयारी कार्य गर्नुका साथै दुई पटक पूर्व अभ्यास गरेका छौं। पहिलो पटक ४० मिनेट लागेको थियो भने दोस्रो पटक २७ मिनेट मात्र लागेको थियो। भविश्यमा हामीले समयको अरु राम्रोसँग नियन्त्रण गर्ने छौं।

Close
Messenger Pinterest LinkedIn