नेपाली

१ अर्ब ४० करोड जनसङ्ख्याबाट गठित सुपर ठूलो बजार विश्वको लागि साझा मौका #चीनकोविकास

cri2021-05-13 14:51:53

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला मे १० तारिख चीनको हाई नान प्रान्तमा सम्पन्न भएको छ। चार दिनमा ७० वटा मुलुक तथा क्षेत्रका १,५०५ वटा उद्योग-व्यवसाय, २,६२८ वटा ब्राण्ड उक्त मेलामा सहभागी भएका छन्। साथै २ लाख ४० हजार दर्शकलाई आकर्षित गरिएको छ। उपभोग्य वस्तु मेला विश्व उपभोग बजारको भव्य समारोह बनेको छ।

सन् २०२०मा कोरोना भाइरस महामारीको असर परे तापनि चिनियाँको उपभोग खर्चले जीडीपीमा ओगटेको अनुपात ५४.३ प्रतिशत पुगेको थियो। चीनको जनसङ्ख्या १ अर्ब ४० करोड छ। चीनमा मध्य आम्दानी गर्नेको जनसङ्ख्या ४० करोड पुगेको छ। प्रति व्यक्तिको जीडीपी १० हजार अमेरिकी डलरभन्दा बढी छ। यो चीनको अर्थतन्त्रलाई अगाडि बढाउने शक्तिशाली स्रोत बनेको छ।

भविष्यलाई हेर्दा चीनको बजार उपभोग अपग्रेड हुने प्रवृत्ति स्पष्ट रुपमा देखिएको छ। मोर्गन स्टेनलीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, आगामी दश वर्षमा चिनियाँ वासिन्दाको उपभोगको वार्षिक वृद्धि दर ७.९प्रतिशत पुग्ने छ। यो विश्वको सर्वोच्च स्तर हो।

तथ्याङ्कअनुसार, पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलामा सार्वजनिक गरिएका विश्वको नयाँ उत्पादित वस्तुहरूको सङ्ख्या ५५० वटा पुगेका छन्। अनुकूलन सेवा पनि उक्त मेलामा नयाँ उज्जवल बिन्दु बनेको छ। जस्तै भनौँ स्विजर्ल्याण्डको हाते घडी ब्राण्ड स्वाचले उपभोक्ताका लागि डीआईवाइ (आफै गर) हाते घडी अनुकूलन सेवा उपलब्ध गराएको छ।

तथ्याङ्कअनुसार, पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलामा सहभागी भएका २,६२८ वटा ब्राण्डमध्ये अन्तर्राष्ट्रिय ब्राण्डको अनुपात ५१.९ प्रतिशत पुगेको छ। विश्वका उपभोग्य वस्तु उद्योग-व्यवसायहरूमा चिनियाँ उपभोक्ताको खरीद शक्ति क्रमशःबढ्दैआएको छ।

स्टारबक्सअनुसार, चालू वर्षको पहिलो त्रैमासिक अवधिमा चीनको बजारमा रहेका हरेक पसलको विक्री मात्रा ९१ प्रतिशतले वृद्धि भएको छ। हाल चीन विश्वमा स्टारबक्सको दोस्रो ठूलो बजार हो। चीनमा स्टारबक्सका ५ हजार वटा पसल छन्। उक्त कम्पनीले सन् २०२२ अक्टोबर महिनासम्म चीनमा नयाँ १००० वटा पसल खोल्ने योजना बनाएको छ।

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला सम्पन्न भएको सोही दिन लोरियल, पार्कर र डुइटलगायतका ४२ चिनियाँ तथा विदेशी उद्योग-व्यवसायीहरूले नयाँ सम्झौतामा हस्ताक्षर गरी दोस्रो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलामा सहभागी हुने निर्णय गरेका छन्। १ अर्ब ४० करोड जनसङ्ख्याबाट गठित सुपर ठूलो बजार विश्वको लागि साझा मौका हो।

Close
Messenger Pinterest LinkedIn