नेपाली

#अल्पसंख्यक जाति# विगत ७०वर्षमा तिब्बतमा फड्को मार्ने गरी भएको विकास

cri2021-05-11 15:16:48

यस वर्ष तिब्बत शान्तिपूर्ण मुक्तिको ७० औँ वार्षिकोत्सव हो। विगत ७० वर्षमा तिब्बतमा के कस्ता महत्वपूर्ण ऐतिहासिक ममिला भए? कस्तो विकास र प्रगति हासिल गरेको छ त? चिनियाँ तिब्बत शास्त्र अनुसन्धान केन्द्रका महाप्रबन्धक एवम् अनुसन्धान विद् चङ त्वीसँग यस सम्बन्धमा अन्तर्वार्ता लिएको छु र आजको कार्यक्रममा अनुसन्धान विद् चङ त्वीले बताउनुभएको कुराबारे जानकारी दिने छु।

अनुसन्धान विद् चङ त्वीका अनुसार, शान्तिपूर्ण मुक्तिबाट प्रजातान्त्रिक सुधारसम्म, जातीय क्षेत्रको स्वशासन परिपाटीको व्यवहारबाट सुधार तथा खुलापनसम्म र हाल चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ कालमा प्रवेश गरी चौतर्फी गरिबी निवारणसम्म तिब्बतले ७० वर्षको छोटो समयमा विकासको इतिहासमा महा चमत्कार सिर्जना गरेको छ। तिब्बतले पिछडिएको अवस्थाबाट सम्पन्नतासम्म फड्को मार्ने गरी विकास गरेको छ।

विगत ७० वर्षमा तिब्बतको विकास र उपलब्धिमा ज्यादै ध्यानाकर्षण भएको छ। अर्थतन्त्रमा, सन् १९६५ मा तिब्बतको क्षेत्रीय उत्पादन मात्रा ३२ करोड ७० लाख युआन थियो। सन् २०२०सम्म तिब्बतको उत्पादन मात्रा १ खर्ब ९० अर्ब २० करोड युआन पुगेको छ। यातायातमा, सन् १९५४ अघि तिब्बतमा कुनै औपचारिक राजमार्ग थिएन। हाल तिब्बतमा राजमार्ग, रेलवे, हवाईमार्गलगायतका सुविधाबाट त्रि-आयामिक यातायात सञ्जालको स्थापना भएको छ। पहिले भूदासको अवस्था निकै गरिब तथा गम्भीर थियो। हाल प्रतिव्यक्ति पशुपालक तथा किसानको सरदर बसोबास क्षेत्रफल ४१ वर्गमिटर हुनुका साथै शहर-बस्तिका बासिन्दाको सरदर बसोबास क्षेत्रफल ३३ वर्गमिटर भएको छ। शिक्षण क्षेत्रमा शान्तिपूर्ण मुक्तिअघि तिब्बतमा आधुनिक शिक्षा थिएन। केवल केही व्यक्तिले शिक्षा पाउनसक्थे। हाल तिब्बतमा स्कूलबाट विश्वविद्यालय अथवा डाक्टरसम्मको अध्ध्यनको पूर्ण शिक्षा प्रणाली स्थापना भएको छ। हाल तिब्बतमा ७ विश्वविद्यालय, १४३ माध्यमिक विद्यालय र ८२७ स्कूल छन्। पहिले तिब्बतको चिकित्सा स्तर ज्यादै कमजोर थियो र ल्हासा तिब्बती अस्पताल र केही गुम्बामा चिकित्सा सेवा पाइन्थ्यो। अहिले तिब्बतको हरेक गाउँमा स्वास्थ्य केन्द्र हुनुका साथै हरेक जिल्लामा अस्पताल छन्। जसबाट परम्परागत चिनियाँ चिकित्सा, पश्चिमा चिकित्सा तथा तिब्बती चिकित्सा मिलाइएको चिकित्सा सेवा प्रणालीको निर्माण भएको छ।

केही वर्षयता केही पश्चिमा राजनीतिज्ञ र सञ्चार माध्यमले तथाकथित तिब्बती मानव अधिकारलाई उक्साएका छन्। त्यसप्रति चङ त्वीले यसरी जवाफ दिनुभयो-

विगत ७० वर्षमा अर्थतन्त्र, समाज, शिक्षा, संस्कृतिलगायत विभिन्न क्षेत्रमा तिब्बतले फड्को मार्ने गरी विकास गरेको छ। यो पूरै अन्तर्राष्ट्रिय जगतलाई थाहा छ। केही राजनीतिज्ञ र सञ्चार माध्यमले यो वास्तविकताको वेवास्ता गरेर तथ्यलाई बङ्ग्याएका छन्। उहाँको आँखामा मानव अधिकार भनेको बाँच्ने अधिकार र विकासको अधिकार हो। ७० वर्षमा तिब्बती जनताको बाँच्ने अधिकार र विकासको अधिकारमा राम्ररी सुधार भएको छ। सन् २०१९ मा पूरै तिब्बत गरिबीबाट मुक्त भएको तथ्य अन्तर्राष्ट्रिय मानव अधिकारको विकासमा महत्वपूर्ण विषय हुनुका साथै अन्तर्राष्ट्रिय गरिबी निवारणलाई चिनियाँ बुद्धि र अनुभव पनि दिएको छ।

Close
Messenger Pinterest LinkedIn