नेपाली

संयुक्त राष्ट्रका दूतद्वारा सिरियालाई क्षेत्रीय द्वन्द्वबाट जोगाउन आग्रह

cri2024-11-25 16:05:00

नोभेम्बर २४ तारिखमा सिरियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष दूत भै खाइ रेले सिरियाको राजधानी दमास्कसमा मध्यपूर्वमा तनाव परिस्थिति शिथिल गर्न र सिरियालाई क्षेत्रीय द्वन्द्वमा डुब्नबाट जोगाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नु भएको छ।

उहाँका अनुसार सिरियाले हाल विभिन्न चुनौतीहरूको सामना गरिरहेको र सिरियाको राजनीतिक अवस्था, सुरक्षा अवस्था, सिरियाको सार्वभौमसत्ता र स्वतन्त्रताको पुनर्स्थापना, अर्थतन्त्रको पुनर्स्थापना, प्रतिबन्धको अन्त्य, पुनर्निर्माणलगायतका स्थायित्व पुनर्स्थापनाका लागि व्यापक कदम चाल्नुपर्ने छ। उहाँले अन्तर्राष्ट्रिय समुदायलाई "यो अत्यन्तै नाजुक अवस्थामा" सिरियालाई सहयोग बढाउन आह्वान गर्नु भएको छ।

संयुक्त राष्ट्र संघको पछिल्लो तथ्याङ्कका अनुसार यस वर्षको सेप्टेम्बरयता लेबनानबाट ५ लाखभन्दा बढी मानिस शरण लिन सिरिया प्रवेश गरेका छन् । हाल सिरियामा ७० प्रतिशतभन्दा बढी मानिसहरू अर्थात् लगभग १६.७ मिलियन मानिसहरूलाई मानवीय सहयोग आवश्यक छ।

Close
Messenger Pinterest LinkedIn