नेपाली

जोर्डनका लागि इजरायली दूतावास नजिकै बन्दुक हमला

cri2024-11-24 16:47:47

जोर्डनको सार्वजनिक सुरक्षा विभागले २४ तारिख एउटा वक्तव्य जारी गर्दै जोर्डनका लागि इजरायली दूतावास क्षेत्रमा त्यसै दिन सबेरै गोली हानाहान भएकाले त्यसमा परी १ जनाको ज्यान जानुका साथै अन्य ३ जना घाइते भएको जनाएको छ।

वक्तव्यमा भनिएको छ: २४ तारिख सबेरै १ जना पुरूषले त्यसै क्षेत्रमा कार्यरत् गश्ती टोलीका सिपाहींलाई गोली हानेर भागेका थिए। सुरक्षा फौजले तुरून्तै खोजतलाशी गरेको थियो। त्यसपछिको गोली हानाहानमा ती पुरूषलाई मारिदिएको छ भने ३ जना सुरक्षाकर्मी घाइते भएका छन्। हाल सो काण्डको छानबीन कार्य जारी छ।

गत वर्ष नयाँ चरणको प्यालेष्टाइन-इजरायल भिडन्त देखा परेयता जोर्डनका लागि इजरायली दूतावास बारम्बार बन्द गरिँदै आइएको थियो। त्यसको नजिक क्षेत्रमा जोर्डनको सुरक्षा फौजले पहरा दिइरहेको छ।

Close
Messenger Pinterest LinkedIn