नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र अस्ट्रेलियाका प्रधानमन्त्री बीच भेटवार्ता

cri2024-11-19 09:47:16

चीन र अस्ट्रेलिया बीचको आधारभूत हित द्वन्द्वमा रहेको छैन। पारस्परिक सम्मान कायम राखेमा यी दुवै राष्ट्रहरु बीचको सम्बन्ध राम्रोसँग विकसित हुनसक्छ। स्थानीय समयअनुसार नोभेम्बर १८ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रियो दि जेनेरियोमा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजसँग भेटवार्ता गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चीनले अस्ट्रेलियासँग अझ परिपक्व,स्थिर,र प्रुचर उपलब्धिसहित चीन अस्ट्रेलिया चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको निर्माणलाई प्रवर्द्धन गर्दै क्षेत्र र विश्वका लागि अझ बढी स्थिरता र सुनिश्चितता पुर्याउने आशा लिएको छ।

प्रधानमन्त्री अल्बानीजका अनुसार अस्ट्रेलियाले एक चीन नीतिप्रति दृढता कायम राख्दै अर्थतन्त्रको विश्वकरणको प्रवर्द्धन गर्ने अडान लिएको छ। अस्ट्रेलियाले चीनसँग अझ बढी सम्पर्क राख्दै क्षेत्रीय शान्ति, स्थिरता, समृद्धि र विकासको प्रवर्द्धन गर्ने आशा गरेको छ।

Close
Messenger Pinterest LinkedIn