एपेक २०२६ आतिथ्यमा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ताको टिप्पणी
नोभेम्बर १७ चीनको परराष्ट्र मन्त्रालयको वेभसाइटमा उल्लेख भए अनुसार, एपेक २०२६ को आयोजना गर्नका लागि चीनको आवेदनलाई सबै पक्षहरुद्वारा समर्थन गरिएको छ र यस वर्षको एपेक नेताहरूको सम्मेलनमा अनुमोदन गरिएको छ। यसबारे के तपाईंसँग कुनै टिप्पणी छ भन्ने पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भन्नुभयोः 'एपेक एशिया – प्रशान्त क्षेत्रमा महत्वपूर्ण आर्थिक सहयोग संयन्त्र हो। एशिया – प्रशान्त सहयोगलाई प्रबद्र्धन गर्ने समग्र हितबाट अघि बढ्दै चीनले जिम्मेवारी लिन पहलकदमी लिएको छ र सन् २०२६ को एपेक आयोजनाका लागि आफ्नो बोली अघि सारेको छ, जसलाई एपेकका सदस्य राष्ट्रहरूले स्वागत गरेका छन्। एपेक नेताहरूको सम्मेलनले अनुमोदन गरेको छ।
चीनले एशिया – प्रशान्त सहयोगलाई सधैँ ठूलो महत्व दिँदै आएको छ र सन् २००१ र २०१४ मा एपेक सम्मेलनको आयोजना गरिसकेको छ। सन् २०२६ मा चीनले तेस्रो पटक एपेकको आयोजना गर्नेछ। चीन सन् २०२६ को सम्मेलनमा सबै पक्षसँग सञ्चार र सहयोगलाई मजबुत बनाउँदै, पुत्रजयभिजन २०४० लाई संयुक्त रूपमा कार्यान्वयन गरी, एशिया – प्रशान्त समुदाय र एशिया – प्रशान्तको स्वतन्त्र व्यापार क्षेत्रको विकासलाई अगाडि बढाउनुका साथै, विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगका परिणामहरू सिर्जना गर्न र एशिया – प्रशान्त क्षेत्र र विश्वको आर्थिक वृद्धिमा नयाँ गति प्रदान गर्न तयार छ।