नेपाली

सी चिनफिङबाट विश्व चिनियाँ भाषा सम्मेलनलाई शुभकामना

CRI2024-11-15 19:12:58

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १५ तारिख विश्व चिनियाँ भाषा सम्मेलन २०२४ लाई शुभकामना पठाउनुका साथै कन्फ्युसियस इन्स्टिच्युट स्थापना भएको २० औं वार्षिकोत्सवका लागि बधाई दिनुभएको छ।

उहाँका अनुसार, चिनियाँ भाषाले चिनियाँ राष्ट्रको हजारौं वर्षीय सभ्यता तथा ज्ञान बोकेको छ। यो चीनले विश्वका लागि योगदान गरेको महत्वपूर्ण सार्वजनिक सांस्कृतिक उत्पादन हो। अन्तर्राष्ट्रिय जगतमा चिनियाँ भाषाको शिक्षालाई समर्थन र सेवा गर्नु मातृभूमिका रूपमा चीनको जिम्मेवारी हो।

नोभेम्बर १५ तारिखदेखि पैचिङमा सुरूभएको विश्व चिनियाँ भाषा सम्मेलन चिनियाँ शिक्षा मन्त्रालयबाट आयोजित हो। जसमा १६० भन्दा बढी देश र क्षेत्रका २,००० भन्दा बढी सरकारी अधिकारी, प्रिन्सिपल, विज्ञ र विद्वान्, शिक्षक र विद्यार्थी प्रतिनिधि तथा राजदूतहरू सहभागी छन्।

Close
Messenger Pinterest LinkedIn