नेपाली

“लिमा क्षण” शुरू

CRI2024-11-13 15:22:15

एपेक शिखर सम्मेलन शुरू हुनलागेको परिप्रेक्ष्यमा विश्व “लिमा क्षण” मा पनि प्रवेश गरेको छ। चालु वर्ष एशिया प्रशान्त आर्थिक सहकार्य संगठन एपेक स्थापनाको ३५ औँ वार्षिकोत्सव हो। यस उपलक्ष्यमा चाइना मिडिया ग्रुपको सीजीटीएनले पुरै विश्वका नेटिजन्ससमक्ष एउटा सर्वेक्षण चलाएको छ। तीमध्ये ८६.४ प्रतिशतका नेटिजन्सहरूले के ठहर गरेका छन् भने क्षेत्रीय आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने र क्षेत्रीय सहकार्यलाई गहन पार्ने सन्दर्भमा एपेकले उल्लेखनीय उपलब्धि प्राप्त गरेको छ।

एपेक सुधार र खुलापन लागू गरिएपछि चीन संलग्न भएको पहिलो क्षेत्रीय आर्थिक सहकार्य संगठन हो। एपेकमा सहभागी हुनु चीनका लागि आर्थिक विश्वव्यापीकरणमा सहभागी हुनु बराबरको एउटा महत्वपूर्ण कोसेढुङ्गा बनेको छ। चीनले एपेक आर्थिक सहकार्यको प्रक्रियामा सधैँ नै प्रवर्द्धकको भूमिका निर्वाह गर्दै एशिया प्रशान्त क्षेत्रको समृद्धि र स्थिरताका लागि महत्वपूर्ण योगदान गर्दै आएको छ।

उक्त सर्वेक्षणलाई सीजीटीएनको अङ्ग्रेजी, स्पेनिश, फ्रान्सेली, अरबी र रूसी भाषाका प्लेटफर्ममा जारी गरिएपछि २४ घण्टाभित्र ६,०७१ जना नेटिजन्सले मत हाली आफ्नो विचार व्यक्त गरेका थिए।

Close
Messenger Pinterest LinkedIn