नेपाली

फिलिपिन्सको उल्लङ्घनले चीन - फिलिपिन्स बीचको समुद्री विवाद बढ्दै गएको -- चीनको परराष्ट्र मन्त्रालय

CRI2024-11-13 11:08:11

नोभेम्बर १२ तारिख, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सो सम्मेलनमा केही पत्रकारहरूले दक्षिण चीन सागर सम्बन्धित फिलिपिन्सको टिप्पणी बारेमा प्रश्न सोधेका थिए।

लीन च्यानले चीन र फिलिपिन्स बीच समुद्री विवादको हरेक वृद्धि फिलिपिन्सको उल्लङ्घनको कारण भएको बताउँदै चीनको वैधानिक अधिकार संरक्षण गर्नका लागि चीनले सम्बन्ध कानुन अनुसार आवश्यक कदम चाल्नु बाहेक कुनै विकल्प नभएको जवाफ दिनुभएको छ।

यदि फिलिपिन्सले आफ्नो अधिकारको उल्लङ्घन नगरी भड्काउने काम बन्द गर्यो भने समुद्रको स्थितिमा फेरि शान्ति छाउने पनि बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn