चीन र ल्याटिन अमेरिकाबीच भाग्य समुदायको निर्माणमा फलदायी उपलब्धि हासिल
CRI2024-11-12 16:59:27
१० वर्षयता राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तुत चीन र ल्याटिन अमेरिकाबीच भाग्य समुदायको निर्माण गर्ने पहल योजनाबाट व्यवहारमा उतारिएर फलदायी उपलब्धि हासिल गरेको छ। जुन दुई पक्षका जनतालाई फाइदाजनक भएर ल्याटिन अमेरिका र क्यारेबियनका देशहरूबाट व्यापक स्वगत गरिएको छ। चीन र ल्याटिन अमेरिकाले शान्तिपूर्ण विकास तथा सहयोगको झण्डा उठाएर विकासको रणनीतिक जोड र सहयोगको तिव्रतालाई बढाएर सहयोगात्मक उपलब्धि बाँढेका छन्।
नोभेम्बर १२ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्यानले उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार, चीन सधैं लाटिन अमेरिका र क्यारेबियनका देश तथा जनताको भरपर्दो साँचो मित्र र असल साथी हो। चीन र लाटिन अमेरिकाको सम्बन्ध समान, पारस्परिक हितकर, नवीन, खुला र लनताका लागि फाइदाजनक नयाँ युगमा प्रवेश गरिसकेको छ।