नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्राजिलका मैत्रीपूर्ण मानिसहरूलाई जवाफी पत्र

CRI2024-11-11 18:57:12

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै ब्राजिलका विभिन्न क्षेत्रका मैत्रीपूर्ण मानिसहरूलाई जवाफी पत्र लेख्दै उनीहरूलाई चीन-ब्राजिल मित्रताका लागि निरन्तर योगदान दिन प्रोत्साहित गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीलाई चीन र ब्राजिलबीचको मित्रता पुस्ता-पुस्तै उतराधिकार हुँदै आएको देख्दा खुसी लागेको कुरा पत्रमा उल्लेख गर्नु भएको छ। कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षमा चीन र ब्राजिलले हातेमालो गर्दै अघि बढाएर पहाड तथा समुन्द्रपारिको असल मित्रता प्रदर्शन गरेका छन्। चीनले ब्राजिलसँग मित्रताको अर्थलाई निरन्तर समृद्ध बनाएर दुई देशको सम्बन्धलाई ठूला विकासोन्मुख देशबीच एकताबद्ध, सहयोग, साझा विकास र पारस्परिक लाभावित नमूना बन्ने इच्छा लिएको छ। जसबाट मानवजातिको शान्ति र प्रगतिका लागि अझ बढी योगदान दिनेछ। उहाँले ब्राजिलका मित्रहरू चीन आउन र चिनियाँ आधुनिकीकरणको अनुभव गर्न स्वागत गर्नुभएको छ। चीन-ब्राजिल सम्बन्धको निरन्तर विकासलाई बढाउन दुई देशका विभिन्न क्षेत्रका मानिसहरूले सकारात्मक भूमिका खेलेर दुई देशको मित्रता याङसी नदी र अमेजन नदीजस्तै प्रवाहित भइरहने आशा पत्रमा राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ।

केही समयअघि ब्राजिलको साओ पाउलो राज्यको क्याम्पिनासका पूर्व उपमेयर हेनरिकमागाल्हेस टेक्सेइरा, ब्राजिल-चीन मैत्री संघ, ब्राजिलियन साओ पाउलो विश्वविद्यालयका शिक्षक तथा विद्यार्थी, रियोको कोपाकबाना किल्ला ब्याण्डलगायत १०० भन्दा बढी मैत्रिपूर्ण व्यक्तिहरूले छुट्टा-छुट्टै रूपमा राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र पठाएर चीन सरकार , व्यवसाय र विश्वविद्यालयले दुई देशको मैत्रीपूर्ण आदानप्रदान र स्थानीय जनजीवनको सुधारमा दिएको योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए।

Close
Messenger Pinterest LinkedIn