नेपाली

ह्वाङ येन टापुको भू-समुद्री आधारभूत रेखालाई सार्वजनिक गरिएको कुराबारे चीनको परराष्ट्र मन्त्रालयद्वारा प्रतिक्रिया

CRI2024-11-11 15:02:45

नोभेम्बर १० तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीन सरकारले ह्वाङ येन टापुको भू-समुद्री आधारभूत बिन्दु र रेखालाई सार्वजनिक गरेको विषयबारे पत्रकारको प्रश्नको जवाफ दिनुभएको छ।

प्रवक्ताका अनुसार, ह्वाङ येन टापु चीनको अविच्छिन्न भूखण्ड हो। चीन सरकारले संयुक्त राष्ट्रसंघ समुद्र ऐन-सन्धि लगायतका अन्तर्राष्ट्रिय कानुन र जन गणतन्त्र चीन भू-समुद्र र वरपरका क्षेत्र ऐन बमोजिम ह्वाङ येन टापुको भू-समुद्री आधारभूत रेखालाई निश्चित र सार्वजनिक गरेको कुरा चीन सरकारले कानुन बमोजिम समुद्री व्यवस्थापन कार्यलाई सबल पार्ने सामान्य कदम हो। जुन अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय चलन अनुकूल भएको देखिन्छ।

फिलिपिन्सले तथाकथित समुद्री क्षेत्र ऐनलाई जारी गर्दै चीनको ह्वाङ येन टापु र नान शा टापुहरूका प्रायजसो टापु तथा वरपरका समुद्री क्षेत्रलाई अवैध रूपमा आफ्नो समुद्री परिधिमा समावेश गर्न खोजेको छ। फिलिपिन्सको यस्तो कारवाईले दक्षिण चीन सागर सम्बन्धी चीनको भू-सार्वभौमिकता र सामुद्रिक हक-अधिकारको गम्भीर रूपमा उल्लङ्घन गरेको छ। त्यसैगरी चीनले त्यसको कडा शब्दमा विरोध गर्नुका साथै निरन्तर रूपमा कानुन बमोजिम सबै खालका आवश्यक कदम चाली दृढताका साथ देशको सार्वभौमिकता र सामुद्रीय हक-अधिकारको संरक्षण गर्दै जाने कुरामा पनि प्रवक्ताले जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn