नेपाली

नयाँ गुणस्तर, सहजीवन र सभ्यता!सन्२०२४ “आशियान साझेदारी” मिडिया सहयोग साता सुरु

cri2024-11-08 16:26:09

नोभेम्बर ८ तारिख चाइना मिडिया ग्रुप र क्वाङ सी च्वाङ् स्वायत्त प्रदेशको जन सरकारको संयुक्त संयोजनमा सन्२०२४ “आशियान साझेदारी” मिडिया सहयोग साता क्वाङ सीको क्वी लिनमा सुरु भएको छ।

थ्याइल्याण्डका संस्कृति मन्त्रीले यस समारोहका लागि भिडियो भाषण दिनुभएको छ। चाइना मिडिया ग्रुपका उप प्रमुख सम्पादक फान युन,चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ सी च्वाङ स्वायत्त प्रदेशका स्थायी समिति एवं प्रचार मन्त्री छन् यी च्युन,कम्बोडियाको प्रेस मन्त्रालयका महासिचव केन गुनावा,म्यानमारका उप प्रचारमन्त्री येडिन आदि अथितिहरुले यस समारोहको उद्घाटन समारोहमा भाग लिनुभएको छ।

चीन र आशियान राष्ट्रहरुबाट आएका २००भन्दा बढी सरकारी पदाधिकारी, संचारकर्मी, विद्वानहरुले पनि यस समारोहमा भाग लिँदै “नयाँ गुणस्तर,सहजीवन,सभ्यता” भन्ने मुख्य विषयबारे वैचारिक आदानप्रदान गरेका छन्।

चाइन मिडिया ग्रुपका उपप्रमुख सम्पादक फान युनले भाषण दिनुभएअनुसार मानवीय सांस्कृतिक आदानप्रदान चीन र आशियानले भविष्योन्मुख भएर एउटै दिशातर्फ हिँद्दै जाने गहन आधार हो।

यस वर्ष चीन र आशियानबीच मानवीय साँस्कृतिक आदानप्रदान वर्ष हो। चाइना मिडिया ग्रुप र क्वाङ सी च्वाङ स्वायत्त प्रदेशले घनिष्ट सयहोग गर्दै आशियानका विभिन्न क्षेत्रहरुसँग सहयोग गराएको छ। चाइना मिडिया ग्रुपले पारस्परिक सम्पर्कलाई बढाउँदै ८० भाषासहित प्रचारप्रसार श्रेष्ठता खेल्दै चीन र आशियानबीचको मैत्रीपूर्ण कथा सुनाउने आशा गरेको छ।

Close
Messenger Pinterest LinkedIn