शास्त्रीय अध्ययनको प्रथम विश्व सम्मेलनलाई चिनियाँ राष्ट्राध्यक्षको बधाई पत्र
नोभेम्बर ७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले शास्त्रीय अध्ययनको प्रथम विश्व सम्मेलनलाई बधाई पत्र पठाउनुभएको छ।
बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले यसरी औँल्याउनुभयोः चम्किरहेको शास्त्रीय सभ्यताले भावी पुस्तालाई निरन्तर पोषण र ज्ञानवर्द्धक बनाइरहेको छ। २,००० वर्ष भन्दाअघि, चीन र ग्रीस यी दुई प्रमुख सभ्यताहरू युरेशियन महाद्वीपको दुई छेउमा एक अर्काको पूरक भई मानव सभ्यताको विकासमा आधारभूत योगदान पुर्याएको थियो। चीन र ग्रीसले संयुक्त रूपमा शास्त्रीय अध्ययनको पहिलो विश्व सम्मेलनको आयोजना गरी एथेन्समा चिनियाँ शास्त्रीय सभ्यता संस्थानको स्थापना गरेका छन्। जसबाट चिनियाँ र ग्रीक सभ्यताहरू लगायत विश्वका अन्य देशहरू बीच आदानप्रदान र पारस्परिक शिक्षाका लागि नयाँ प्लेटफर्म निर्माण गरेको विश्वास गरिएको छ।
प्राप्त जानकारी अनुसार, चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान, चीनको शिक्षा मन्त्रालय, चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, ग्रीसको संस्कृति मन्त्रालय र ग्रीसको एथेन्स एकेडेमीद्वारा सह-प्रायोजित "शास्त्रीय सभ्यता र आधुनिक विश्व" शीर्षक सम्मेलन बेइजिङमा उद्घाटन भएको छ।