नेपाली

हु पै प्रान्तको निरीक्षणका क्रममा चिनियाँ राष्ट्राध्यक्षको जोड

cri2024-11-06 18:28:52

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै चीनको हु पै प्रान्तको निरीक्षण गर्नुभयो। उहाँले जोड दिनुभएअनुसार हु पै प्रान्तले कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन र बीसौँ समितिको तेस्रो पूर्ण बैठकको भावनालाई गहन पालना गर्दै स्थिरताका साथ प्रगति हासिलको पाइला चाल्नुपर्छ जसले मध्यभूमि पुनरुत्थानको महत्वपूर्ण रणनीतिक शक्तिको निर्माणलाई तीव्र बनाएर चिनियाँ शैलीको आधुनिकीकरणको हु पै अध्याय सिर्जना गर्ने छ।

६ तारिख बिहान राष्ट्राध्यक्ष सीले हु पै प्रान्तीय सरकारको कार्य प्रतिवेदन सुन्दै हु पै प्रान्तका विभिन्न काममा प्राप्त उपलब्धिलाई स्वीकार गर्नुका साथै आउने कामका लागि स्पष्ट हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार हु पै प्रान्तले चौतर्फी गहन सुधार तथा खुलापनको विकासमा सक्रिय अन्वेषण गर्दै अझ न्यायिक र सक्रिय बजारमूलक वातावरणको निर्माण गर्नुपर्छ।

शहर तथा ग्रामीण क्षेत्रबीचको मेलामिलापयुक्त विकास र ग्रामीण क्षेत्रको चौतर्फी पुनरुत्थानमा उपलब्धि हासिल गर्न प्रयास गर्दै शहर तथा ग्रामीण क्षेत्रको सभ्यता निर्माणलाई अघि बढाउनुपर्नेमा पनि सीले जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn