नेपाली

आयात एक्स्पोमार्फत् विविध पक्षसँगै चीनको विशाल बजारको उपभोग

cri2024-11-02 17:12:44

चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना चीनले खुलापनको विस्तार गर्ने एक महत्वपूर्ण कदम हुनुका साथै चीनले खुलस्त विश्व अर्थतन्त्रको निर्माण प्रक्रियालाई अघि बढाउने वास्तविक कारवाई पनि हो। आयात एक्स्पोको सदुपयोग गर्दै विविध मुलुकहरूसँगै चीनको बिशाल बजारको उपभोग गर्न चीन इच्छुक छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले नोभेम्बर १ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो कुरा बताउनुभएको हो।

सातौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो अर्को हप्ता शाङ्हाईमा शुरू हुनेछ। हालसम्म विभिन्न तैयारी कार्य मोटामोटी रूपमा सम्पन्न भएको छ।

खुलापन नै आयात एक्स्पोको केन्द्रिय विचारधारा हुनुका साथै वर्तमान चीन विकास हुने स्पष्ट संकेत पनि हो भन्दै प्रवक्ता लिन च्येनले चीनले उच्चस्तरीय वैदेशिक खुलानको प्रबर्द्धनमार्फत उच्च गुणस्तरीय विकासलाई साकार तुल्याउँदै जाने कुरा पनि औँल्याउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn