नेपाली

《छ्यौ श》पत्रिकामा राष्ट्राध्यक्ष सी चिनफिङको महत्त्वपूर्ण लेख

cri2024-10-31 18:44:54

नोभेम्बर १ तारिख प्रकाशित गरिने २१औँ संस्करणको《छ्यौ श》पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको “उच्च गुणस्तरीय र विस्तृत रोजगारलाई प्रवर्द्धन” शीर्षकको महत्त्वपूर्ण लेख सार्वनजिक गर्नेछ।

सो लेखमा भनिएको छ: रोजगार जनजीवनको सबैभन्दा आधारभूत विषय हो। जुन जनताको वास्तविक हित, अर्थतन्त्र र समाजको स्वस्थ विकास र देशको दीर्घ सुरक्षासँग सम्बन्धित रहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले लामो समययता रोजगारमा उच्च महत्व दिँदै आएको छ।

लेखमा जोड दिएको छ: उच्च गुणस्तरीय र विस्तृत रोजगारलाई प्रवर्द्धन गर्नु नै नयाँ युग र नयाँ यात्रामा रोजगारी कार्यको नयाँ विषय र नयाँ कार्यभार हो। निरन्तर रूपमा रोजगारी गुणस्तरलाई उकासेर चिनियाँ शैलीको आधुनिकीकरणमार्फत सशक्त मुलुकको निर्माण र चीन राष्ट्रको पुनरूत्थान कार्यलाई अघि बढाउनका लागि बलियो समर्थन गर्दै जानेछ।

Close
Messenger Pinterest LinkedIn