नेपाली

अमेरिकाले चिनियाँ लगानी लक्षित नाकाबन्दी लगाएकोमा चीनद्वारा कडा विरोध

cri2024-10-29 16:35:43

अक्टोबर २९ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्येनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै अमेरिकाले सार्वजनिक गर्दै चिनियाँ लगानी लक्षित नियन्त्रण र नाकाबन्दी लगाएको कुराप्रति चीनले कडा शब्दमा असन्तोष व्यक्त गर्दै त्यसको दृढताका साथ विरोध गरेको बताउनुभएको छ।

चीनले अमेरिकासमक्ष गम्भीर आपत्ति जनाउनुका साथै सबै आवश्यक कदम चालेर दृढताका साथ आफ्नो उचित हक-अधिकारको संरक्षण गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn