नेपाली

संयुक्त राष्ट्रसंघको मध्यपूर्वको अवस्था आपतकालीन बैठक सम्पन्न

cri2024-10-29 14:44:32

अक्टोबर २८ तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको मध्य-पूर्व केन्द्रित आपतकालीन बैठक सम्पन्न भएको छ। संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि फु छुङले अक्टोबर २६ तारिख इजरेलले इरानका धेरै ठाउँमा धेरै चरणको हवाई हमला गरेबाट इरानी सुविधामा क्षति पुर्‍याइएको र हताहती भएको भन्दै चीनले इजरेलको कारबाही बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेको बताउनुभयो। युद्धलाई विस्तार गर्ने कुनै पनि लापरवाही उत्तेजना वा सैन्य कार्य गैरजिम्मेवारपूर्ण भन्दै उहाँले यसले गलत गणना र विनाश मात्रै निम्त्याउन सक्ने चेतावनी दिनुभयो।

फु छुङले चीनले सबै पक्षलाई शान्त र संयमित रहन, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तको पालना गर्न र राजनीतिक र कूटनीतिक माध्यमबाट विवाद समाधानको सही मार्गमा फर्किन आह्वान गरेको उल्लेख गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn