नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कम्बोडियाली राजा सिहामोनीलाई गद्दी आरोहणको २०औं वार्षिकोत्सवको बधाई

CRI2024-10-29 14:53:24

अक्टोबर २९ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कम्बोडियाका राजा नोरोदोम सिहामोनीलाई राजगद्दी आरोहणको २०औँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ।

सी चिनफिङले औँल्याउँनुभए अनुसार राजा सिहामोनीले राजगद्दी सम्हालेदेखि कम्बोडियाको शान्ति, स्थिरता, विकास, पुनरुत्थान र अन्तर्राष्ट्रिय आदानप्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै चीन-कम्बोडिया परम्परागत मित्रतालाई निरन्तरताका साथ प्रसारण गर्नुभएको छ। उहाँले भन्नुभयो, “हाम्रो संयुक्त प्रेरणामा, चीन-कम्बोडिया साझा भविष्य समुदायले उच्चगुणस्तरिय, र उच्च मापदण्डको नयाँ युग ल्याएको छ। हिरा षट्कोण सहयोग फ्रेमवर्कले सुदृढ विकास गरिरहेको छ, “औद्योगिक विकास करिडोर” र “माछा तथा धान करिडोरको सकारात्मक विकास गरिरहेको छ।

चीन-कम्बोडिया सांस्कृतिक आदानप्रदान वर्षको सफलताका साथ आयोजना गरिसकेको भन्दै सीले ती कुराहरूले दुई देशबीचका जनताको लागि वास्तविक हितहरू ल्याएको बताउनुभयो।

“चीन र कम्बोडिया सुखदुःख साझा गर्ने र एकअर्कालाई मद्दत गर्ने साथी हुन्, सीले भन्नुभयो, “म चीन र कम्बोडियाबीच सम्बन्ध विकास र कम्बोडियाली शाहीसँगको परम्परागत मित्रतालाई उच्च मूल्याङ्कन गर्छु। राजा सिहामोनीसँग प्रयास गरेर दुई देशबीचको सम्बन्धको रणनीतिक मार्गदर्शनलाई सुदृढ पारी चीन र कम्बोडिया साझा भविष्य समुदायको निर्माणमा थप नतिजाहरू पाउन अघि बढ्ने प्रतीक्षा गर्छु।”

Close
Messenger Pinterest LinkedIn