चीन जापान बीचको सम्बन्ध स्वस्थ र स्थिर विकास नै दुवै देशका जनताको मुलभुत हितसँग अनुकूल
cri2024-10-28 19:21:36
अक्टोबर २८ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्येनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ।
प्रवक्ता लीनका अनुसार, हालै चीनले जापानको ५० औँ प्रतिनिधि सभाको निर्वाचन नतिजाबारे थाहा पाएको छ। त्यो जापानको आन्तरिक मामिला हो र चीनले त्यसबारे कुनै टिप्पणी गर्ने छैन।
चीन-जापान सम्बन्ध दीर्घ रूपमा स्वस्थ र स्थिर विकास हुने कुरा दुवै देशका जनताको मूलभूत हित अनुकूल भएको बताउँदै प्रवक्ता लीन च्येनले जापानले चीनसँग एउटै दिशातिर हिँडेर दुवै देशको रणनीतिक आपसी हितयुक्त सम्बन्धलाई सम्पूर्ण रूपमा अघि बढाउनुका साथै नयाँ युगको आग्रह अनुकूल हुने रचनात्मकता र स्थिर चीन-जापान सम्बन्धको स्थापना गर्नसक्ने आशा चीनले गरेको औँल्याउनुभएको छ।