नेपाली

ब्रिक्स मुलुकमा संलग्न हुन इण्डोनेशिया इच्छुक

cri2024-10-28 17:52:38

अक्टोबर २८ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्येनले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै उदियमान बजारमूलक देश र विकासोन्मुख मुलुक बीच एकताबद्ध सहकार्यलाई सबल पार्ने र साझा हितको संरक्षण गर्ने महत्वपूर्ण चौतारोको रूपमा हाल ब्रिक्स सहयोगात्मक व्यवस्था नै अन्तर्राष्ट्रिय मामिलामा रहेको एक किसिमको सकारात्मक, स्थिर र प्रेरणात्मक शक्ति बनिसकेको बताउनुभएको छ। उहाँले ब्रिक्स मुलुक सूचिमा संलग्न हुन इण्डोनेशिया इच्छुक रहेको पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै उक्त जानकारी दिनुभएको हो।

प्रवक्ता लीनका अनुसार, इण्डोनेशियाले एक महत्वपूर्ण ठूलो विकासोन्मुख मुलुक र उदियमान बजारमूलक देशको हैसियतमा बितेका केही वर्षयता सक्रियता साथ “ब्रिक्स प्लस”को सहकार्यमा भाग लिँदै आएको छ। ब्रिक्समा खुलस्त र सहिष्णु व्यवस्था रहेको छ। इण्डोनेशिया लगायत अरू देशहरूलाई पनि ब्रिक्स परिवारको सदस्य बन्न चीनले स्वागत गरेको छ।

Close
Messenger Pinterest LinkedIn