नेपाली

फिन्ल्याण्डेली राष्ट्रपतिद्वारा चीनको भ्रमण गरिने

CRI2024-10-26 09:15:00

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा फिन्ल्याण्डका राष्ट्रपति अलेक्जान्डर स्टुबले अक्टोबर २८ देखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ। भ्रमण अवधिमा राष्ट्राध्यक्ष सी चिनफिङले उहाँसँग भेट-वार्ता गर्नुहुनेछ।

प्रधानमन्त्री ली छ्याङ र राष्ट्रिय जन काँग्रेस स्थायी समितिका महासचिव चाउ ल चीले बेग्लाबेग्लै गरी उहाँसँग भेटघाट गर्नुहुँदै द्वीपक्षीय सम्बन्ध र साझा चासोका विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्यानल्र २५ तारिख सो जानकारी दिनुभएको हो।

लीन च्यानका अनुसार, फिन्ल्याण्डको उच्च तहसँग आवतजावत गर्दै दुवै देशको परम्परागत मित्रतालाई उत्तराधिकार गर्नुका साथै हातमा हात मिलाएर विश्वव्यापी चुनौतीको सामना गरी चीन-फिन्ल्याण्ड सम्बन्धलाई अझ उच्चस्तरीय विकसित पार्दै जान चीन इच्छुक छ।

Close
Messenger Pinterest LinkedIn