नेपाली

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चीन स्रोत पुनःचक्र समूह लिमिटेड गठनका लागि महत्त्वपूर्ण निर्देशन

cri2024-10-18 14:51:59

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हालै चीन स्रोत पुनःचक्र समूह लिमिटेडको गठनका लागि महत्त्वपूर्ण निर्देशन दिनुभएको छ।

उहाँका अनुसार, यस समूहको गठन, हरित र कम कार्बन पुनः चक्र विकास आर्थिक प्रणालीलाई सुदृढ बनाउनका लागि र सुन्दर चीनको निर्माणलाई समग्र रूपमा अघि बढाउनका लागि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको महत्त्वपूर्ण निर्णय हो। चीन स्रोत पुनःचक्र समूह लिमिटेडले नयाँ विकासको अवधारणालाई पूर्ण, सटीक र समग्र रूपमा कार्यान्वयन गर्नुपर्छ, पूर्ण बचत रणनीतिलाई गहिरो रूपमा लागू गर्नुपर्छ, नवप्रवर्तनका लागि प्रेरित, खुला सहकारीता कायम राख्नुपर्छ र राष्ट्रिय अर्थतन्त्रको पुनः चक्रको गुणस्तर र स्तरलाई निरन्तर बढाउँदै लैजानुपर्छ, चीनको विशेष आधुनिकरणमार्फत सशक्त देशको निर्माण र राष्ट्रिय पुन:उत्थानका लागि सकेसम्म योगदान पुर्याउनुपर्छ।

प्रधानमन्त्री ली छ्याङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको निर्णय र सी चिङ फिङको महत्त्वपूर्ण निर्देशनको भावनाको गहिराईबाट कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय स्रोतको सुरक्षा सुनिश्चित गर्न र आर्थिक तथा सामाजिक उच्च गुणस्तरीय विकासलाई अघि बढाउन योगदान पुर्याउन निर्देशन दिनुभयो।

चीन स्रोत पुनःचक्र समूह लिमिटेडको स्थापना महासभा १८ तारिख बिहान थ्यान चिनमा आयोजना गरिएको छ। राज्य परिषदका उपप्रधानमन्त्री चाङ क्व छिङले बैठकमा सी चिन फिङ र ली छ्याङको निर्देशन सुनाउनुभएको थियो।

Close
Messenger Pinterest LinkedIn